- ADVERTISEMENT -

जापानको योकोहामाबासी नेपाली मिलनसार युवाहरु सामाजिक कार्यमा जुट्दै

November 27, 2020
898
Shares
- ADVERTISEMENT -

जापान कानागावा केन, शुक्रबार, १२ मङ्सिर २०७७ । मातृभुमी नेपालमा रोजगारी नभएर समस्यामा परेकाहरुलाई खाना खुवाउँदै आएका नेपाल स्थित रहेका संस्थाहरुलाई सहयोग गरेका छन् ।

योकोहामा बस्ने मिलनसार युवाहरुको सामुहिक पहलमा कोरोना भाइरस (कोभिड-१९) को कारणले मातृभुमी नेपालमा रोजगारी नभएर समस्यामा परेकाहरुलाई खाना खुवाउँदै आएका नेपाल स्थित रहेका संस्थाहरुलाई सहयोग गरेका छन् ।

- ADVERTISEMENT -

Advertisement

लामो समयको लकडाउनका कारण रोजगारी गुमाएका र बिहान-बेलुकाको जोहो गर्न समेत गाह्रो भएकाहरुलाई काठमाडौँको खुलामन्च लगाएतका ठाँउमा खाना खुवाईरहेको तस्बिर तथा भिडियो सामाजिक संन्जाल मार्फत थाहा पाएपछि मातृभुमी दुखेको समयमा मातृभुमी प्रतिको माया स्वरुप राहत पठाईएको “मातृभुमी सहयोग” अभियानका संयोजक, ग्लोबल गोरखा समाजका सल्लाहकार, कानागावा नेपाली कम्युनिटिका उपाध्यक्ष, गोरखा समाज जापानका उपाध्यक्ष सामाजिक व्यक्तित्व, सफल युवा व्यवसायी मनिश अमात्यले जानकारी गराउनु भयो ।

मिलनसार युवा व्यवसायी, सामाजिक व्यक्तित्वहरु सुरेश कुमार प्रधान, राम खड्का, पुष्प गैरे, गणेश राणा लगाएतका भेटघाटमा मातृभुमीमा दुई छाक खानकै लागिपनि समस्या देखिएपछि आफुहरुले प्रवासमा रहेर मातृभुमीको दु:ख देख्न नसकेर सानै भएपनि सहयोग पठाएको जानकारी दिनु भयो ।

उक्त सहयोग रकम १ महिना अगाडी नै संकलन भएको भएपनि नेपाल पठाउने अन्तिम तयारी भएकै अवस्थामा कोरोना भाइरस (कोभिड-१९) को प्रभावका कारण यो अभियानमा नेतृत्व गर्ने अग्रज दाईहरुमा पनि देखिएको र उहाँहरुको नै सल्लाह अनुसार  सहयोग रकम केहि ढिलो पठाएको अभियानका अर्का संयोजक विराट खनालले बताउनु भयो । खनालले यस अभियानमा सहयोग गर्नु हुने महान सम्पुर्ण प्रति हार्दिक आभार प्रकट गर्दै सहयोग हस्तान्तरण ढिलो हुन गएकोमा आफु क्षमाप्रार्थी रहेको जानकारी गराउनु भयो ।

सहयोग आज नै एक कार्यक्रमका बिच संयोजक अमात्यका पुजनीय पिता चित्र कुमार श्रेष्ठ र सिमपानी मिडियाका प्रमुख विमल भट्टको रोबहरमा संकलित रक़मबाट निम्न संस्थाहरुलाई खाध सामाग्री र तरकारीको लागी नगद हस्तान्तरण गरिएको छ ।

सहयोग पाउने संस्था लायन्स क्लब काठमाडौँ ठमेल र १०० ग्रुप काठमाण्डौ रहेका छन् । 

साथै यस अभियानमा सहयोग गर्ने सहयोगीमनका नामावली यस प्रकार रहेको जानकारी गराउन चाहन्छौ ।

१,मनिश अमात्य ¥१०,०००।-

२,सुरेश कुमार प्रधान ¥१०,०००।-

३, गणेश राणा ¥१०,०००।-

४,राम खड्का ¥१०,०००।-

५, पुष्प गैरे ¥१०,०००।-

६, विराट खनाल ¥५,०००।-

७, रविन थापा ¥५,०००।-

८, सुरज थापा ¥ ५,०००।-

९,ढुन्डिराज आचार्य ¥१०,०००।-

१०,शिव शँकर  वर्णबाल ¥१०,०००।-

११, नवराज ढकाल ¥१०,०००।-

१२, गोपी भुषाल ¥ १०,०००।-

१३, अनिल गुरुङग ¥५,०००।-

१४, रविन श्रेष्ठ ¥५,०००।-

१५, सुधीर गुरुङग ¥५,०००।-

१६,राजु थापा ¥१०,०००।-

१७,अमृत सुनार ¥११,०००।

१८, राजेन्द्र श्रेष्ठ ¥१०,०००।-

१९, धुर्व कुमार थापा ¥१०,०००।-

२०,डिल्लीराम निऊरे ¥५,०००।-

२१, प्रकाश पौडेल (माईला) ¥५,०००।-

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -