- ADVERTISEMENT -

जापानको प्रतिनिधी सभा भवनमा कामदार भित्र्याउने बिषयक गोलमेच बैठक

November 11, 2018
1617
Shares
- ADVERTISEMENT -

टोकियो, २५ कात्तिक २०७५ । जापानको प्रतिनिधी सभा भवनमा सम्पन्न बिदेशी कामदार भित्र्याउने बिषयक गोलमेच बैठकमा सहभागी भई आफ़्नो धारणा राख्ने अवसर पाएको एभेष्टईन्टरनेशन स्कुल टोकियोका अध्यक्ष भुपाल मान श्रेष्ठले जानकारी गराउनु भएको छ ।उक्त अवसरमा पूर्व मन्त्री, बर्तमान सांसद, ठूला कम्पनीका ब्यवस्थापकहरु लगायतका ब्यक्तित्वहरुको सहभागिता रहेको सो बैठकमा बिदेशी कामदार सम्बन्धी लागु हुन लागेको नयां ब्यवस्थाको तयारीको बर्तमान अवस्थाको बारेमा पनि सरकारी प्रतिनिधीद्वारा जानकारी गराइएको थियो ।

- ADVERTISEMENT -

Advertisement

उक्त गोलमेच बैठकमा प्रमुख बुंदाहरु निम्न अनुसार रहेको थियो । उक्त गोलमेच बैठकमा नयाँ ब्यवस्था आगामी अप्रिल देखिनै लागु गर्ने गरी द्रुत गतिमा तयारी भईरहेको छ । हालसम्म भएको प्रशिक्षार्थी कामदार तथा दक्ष जनशक्तिको दायरालाई फ़राकिलो पारिएको ब्यवस्था गरिएको छ । नयाँ ब्यवस्था अनुसार बिदेशी कामदार भित्र्याउंदा दलालहरुलाई निरुत्साहित गर्नेमा जोड दिइएको छ । यो ब्यवस्था अनुसार आएका कामदारहरुको लागि जापानी भाषाको दक्षतालाई अभिबृद्धि गर्ने बिभिन्न उपाय अपनाउने छ ।नयाँ ब्यवस्था अनुसार जापान आउने कामदारहरुले हाललाई परिवार बोलाउन नपाउने व्यवस्था गरिने भएको छ, तर यस बारेमा बृहत छलफ़ल तथा तयारी गरी भबिष्यमा परिवर्तन गर्न पनि सकिने छ । यस बिषयमा धेरै सहभागीले परिवारसंग बस्न पाउनु नैसर्गिक अधिकार भएकोले यसमा बिचार गर्न सुझाब दिनुभएको थियो । कुन कुन मुलुकबाट कति जना ल्याउने भन्ने बिषयमा अझै छलफ़ल नभएको  उहॉंले जानकारी गराउनु भयो ।

 

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -