- ADVERTISEMENT -

‘जनस्वास्थ्यका मापदण्ड पालना गराउन गृह मन्त्रालयले बिशेष अभियान संचालन गरोस्’ : रवीन्द्र पाण्डे

October 9, 2020
549
Shares
- ADVERTISEMENT -

काठमाडौं, शुक्रबार,, २३ असोज २०७७ । आज संक्रमितको संख्या १ लाख नाघेको छ । काठमाडौं उपत्यका लगायतका ठाउँमा आइसीयु बेड मात्र होइन संक्रमितको लागि आइसोलेसन बेडको समेत अभाव भएको छ । सहरमा भीडभाड ब्यापक छ, तरकारी पसल र फुटपाथको भीड निकै अत्यासलाग्दो छ । उपत्यकामा संक्रमण समुदायमा फैलिसकेको छ ।

१. जनस्वास्थ्यका मापदण्ड पालना गराउन, अनुगमन र निगरानी प्रभावकारी बनाउन गृह मन्त्रालयले बिशेष अभियान संचालन गरोस् । स्वास्थ्य मन्त्रालयले परिक्षण ब्यापक गर्ने, हरेक अस्पताललाई चुस्त राख्ने, आबश्यकता अनुसार ठूला अस्पताल तथा मेडिकल कलेजलाई कोरोना डेडिकेटेड अस्पताल बनाउने काम गरोस् ।

- ADVERTISEMENT -

Advertisement

२. सेनालाई १ हजार बेडको कोभिड डेडिकेटेड अस्पताल ( प्रिफ्याबको, अस्थायी ) तथा १० हजार बेडको आइसोलेसन केन्द्र बनाउन सरकारले स्थान, साधन, स्रोत र छोंटो समय प्रदान गरोस् ।

३. महानगरले ५ हजार बेडको आइसोलेसन केन्द्र बनाउने भनेको थियो, त्यो कार्यान्वयन होस् ।

४. हामी आम नागरिक सम्भव भएसम्म घरबाहिर निस्किने नगरौं ! सामान्य Exposure ले पनि धेरै व्यक्ति संक्रमित भएका छन्, अस्पताल भरिभराउ छन् ।

५. घरबाहिर निस्किन अनिबार्य भएमा सहि तरिकाले मास्क लगाऔं, जसरी सम्भव हुन्छ, व्यक्तिगत दुरी कायम गरौँ, भीडमा जाने दुस्साहस नगरौं ।

६. जसरी ज्यान जोगाउन तालचरा साइबेरियादेखि नेपाल आउँछन्, प्रतिकुल समयमा सर्प लगायत सरिसृप दुलोभित्र बस्छन्, जंगली जनावर कहिले यो देशमा त कहिले त्यो देशमा नेपालमा बसाइ सर्छन् .. त्यसै गरेर महामारीबाट बच्न सुरक्षित ठाउँमा बसौं । यो सम्पूर्ण प्राणिको प्राकृतिक तथा नैसर्गिक स्वभाव हो ।

७. ९० % संक्रमितलाई सामान्य लक्षण देखिएर वा सामान्य उपचारले निको हुन्छ । बाँकि ५ % लाई अप्ठ्यारो गरि निको हुन्छ । बाँकी ५ % लाई आइसीयुको सेवा आबश्यक हुन्छ । कोरोनाले कसलाई कसरी आक्रमण गर्छ भन्ने कुरा थाहा हुँदैन । त्यो ५ % मा हामी जो कोहि पनि पर्न सक्छौं । तसर्थ १०० % साबधानी अबलम्बन गरौँ । कोभिडलाई सामान्य नठानौं । नेगेटिभ रिपोर्ट आउनु मात्र स्वस्थ हुनु हैन । लंग कोभिड वा पोस्ट कोभिड सिन्ड्रोमका दीर्घकालीन असर देखिएका छन् ।

८. आधिकारिक सूचना र सल्लाह मात्र अनुसरण गरौँ । भाइरसको स्वरूप र शक्ति परिवर्तनशील हुने तथा त्यहि परिवर्तन अनुसार बैज्ञानिक वा विज्ञको सल्लाह पनि समयानुकुल हुने भएकोले एकपटक भनेको कुरा अर्को पटकको लागि पनि कम उपयोगी हुन सक्छ । तसर्थ अपडेट हुने बानी बसालौं ।

९. राजनैतिक पार्टी, सामाजिक संस्था, क्लब, नागरिक समाज, शिक्षक, पत्रकार, स्वास्थ्यकर्मी लगायत सबै पेशा र संस्थाले जनचेतनाको लागि नागरिक परिचालन गरौँ ।

१०. महामारीको समयमा सकारात्मक सोंच, सहयोगी ब्यबहार तथा आशाबादी गुण नै ठूलो अस्त्र हो । तसर्थ आरोप प्रत्यारोप गर्नुभन्दा आफ्नो ठाउँबाट के सकिन्छ, कसरी सकिन्छ, योगदान गरौँ । सरकार र नागरिक जिम्मेवार तथा अनुशाशित बनौं । यहि एकताले नै हामीले कोरोना महामारीलाई परास्त गर्न सक्छौं ।
(हामीले याे सामग्री लेखककाे फेसबुकबाट लिएका हाैँ ।)

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -