- ADVERTISEMENT -

जडीबुटी प्रशोधनका लागि चीनसँग सहकार्य गरिने

November 24, 2018
1325
Shares
- ADVERTISEMENT -

काठमाडौँ, ८ मङ्सिर २०७५ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले नेपालका बाँसजन्य उद्योग र जडीबुटीको उत्पादन तथा प्रशोधनका लागि नेपालले चीनसँग सहकार्य गर्ने बताउनुभएको छ ।

नेपालका लागि चिनियाँ राजदूत यू होङले आज उहाँसँग गर्नुभएको बिदाई भेटका अवसरमा मन्त्री बस्नेतले लगानीका लागि नेपाल उपयुक्त स्थान भएको र सकारात्मक वातावरण बनेको बताउनुभएको प्रेस संयोजक दयानिधि भट्टले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -

Advertisement

सो अवसरमा राजदूत होङले पछिल्लो तीन वर्षमा नेपालमा चिनियाँ लगानी ६३५ प्रतिशतले वृद्धि भएको तथ्याङ्क उल्लेख गर्दैे चिनियाँ कम्पनीका लगानीमा निर्माणाधीन विकास आयोजनाका काममा सहजीकरण गरिदिन सरकारको ध्यानाकर्षण गराउनुभयो । राजदूत होङ दुईवर्षे कार्यकाल पूरा गरी यसै महीना चीन फर्कंदै हुनुहुन्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -