- ADVERTISEMENT -

चितवन स्थित भाटभटेनी सुपरमार्केटमा बम अाक्रमण, झापामा अाक्रमणकारी प्रकाउ

May 13, 2018
1634
Shares
- ADVERTISEMENT -

चितवन — भरतपुर ओरालोमा रहेको भाटभटेनी सुपरमार्केटमा आइतबार बिहानै विष्फोटा हुँदा झ्यालका शिशाहरु फुटेका छन् ।

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बन्द आह्वान गरेका बेलामा विष्फोट भएका कारण घटनामा सोही पार्टीको हात रहेको आशंका चितवन प्रहरीले गरेको छ । ‘ सुपरमार्केटको दक्षिण तर्फको पर्खाल नजिकै विष्फोट भएको छ।  सिसि टिभी फुटेजमा मोटरसाइकल चढेर आएका व्यक्तिहरु विष्फोट गराएर भागेको देखिएको प्रहरीले जनाएको छ। त्यसैका आधारमा उनीहरुको खोजी भइरहेको छ।

- ADVERTISEMENT -

Advertisement

 

चितवनमा चन्द नेतृत्वको पार्टीका कार्यककर्ताहरुले बेला बेलामा घटनाहरु गर्दै आएका छन्। केही समय अगाडी भरतपुर क्यान्सर अस्पतालका कानुन अधिकृत र भरतपुर महानगरपालिकाको वडा नं. १० का वडाध्यक्षमाथिको दुव्र्यवहार तथा भरतपुरकै कालिका कन्स्ट्रक्सनमा भएको विष्फोटमा चन्द नेतृत्वको पार्टीका कार्याकर्ताको हात रहेको प्रहरीको भनाइ रहँदै आएको छ।

बम विस्फोटको आरोपमा रिजाल पक्राउ

झापा-आइतबार बिहान बम विस्फोट गराएको आरोपमा मेचीनगर–८ निवासी २६ वर्षीया स्मृति रिजाललाई प्रहरीले पक्राउ गरेको छ। भियुक्त रिजाल नेकपामा आबद्ध रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विष्णु केसीले जानकारी दिए। बिहान करीब ३ बजे प्रालिको बस ग्यारेजमा सकेट बम विस्फोटबाट प्रालिको मे १ ख २७३३ र मे १ ख २७२६ नं को बस, गाडीको डिजल ट्यांकी, झ्यालका सिसा र टायरमा क्षति पुगेको जनाइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -