- ADVERTISEMENT -

घरभाडा प्रकरणमा बोल्यो संसद सचिवालय : बिज्ञप्ती सहित

December 19, 2018
1228
Shares
- ADVERTISEMENT -

काठमाडौं, ४ पौष २०७५ । संसद सचिवालयले सांसदहरुले घरभाडा लिएको बिषयमा सूचना उपलब्ध गराएको दुई महिनापछि सम्प्रेशन गर्दा तथ्यांक नै गलत हुनपुगेको प्रष्टिकरण दिएको छ । घरभाडा नै नलिएका सांसदको समेत नामावली समावेश भएको पाइएपछि संसद सचिवालयका प्रवक्ता डा. राजेशनाथ पाण्डेले आज बिज्ञप्ती जारी गरी सो प्रष्टिकरण दिनुभएको हो ।

सचिवालयमा नेकपाका नेतातथा दोलखाबाट निर्वाचित प्रतिनिनिधिसभा सदस्य पार्वत गुरुङसहितका एक दर्जन सांसदलेकडा आपत्ति जनाउनु भएको थियो ।

- ADVERTISEMENT -

Advertisement

गुरुङसहित नेकपाका नेताहरु योगेश भट्टराई, पम्फा भुसाल गोमा देवकोटा, सांसदहरुको आपत्तिपछि संसद सचिवालयले बिज्ञप्ती निकालेरैकतिपयतथ्यांक नै गलत हुनपुगेको बताएको हो ।

‘संघीय संसद सचिवालयबाटमाननीय सदस्यहरुको नियमानुसार उपलब्ध हुने घर भाया, घर मर्मत खर्च भुक्तानीको बिषयलाईलिएर आम सञ्चार माध्यम र सामाजिक सञ्जालमा प्रकाशित समाचारका सम्बन्धमा सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ, बिगत आश्विन महिनाअघिको तथ्यांकलाई अध्यावधिक नगरी सूचना लिएकोदुई महिनापछि सम्प्रेशन भएको छ । यस सन्दर्भमा माननीय सांसदहरुले समय समयमा उपलब्धगराउनु भएको सूचनाका आधारमा सचिवालयबाट भुक्तानीमा भएका सामान्य तथ्यांकीय गल्तीलाईआधार मानी सम्प्रेशित समाचारबाट सम्मानित जनप्रतिनिधिहरुको आत्मसम्मानमा चोट पुगेकोछ,’ बिज्ञप्तीमा भनिएको छ ।

बिज्ञप्तीमा समाचारमा आएजस्तो सवै सांसद घरभाडा लिने सूचीमा नरहेको पनि प्रष्ट पारिएको छ ।

संघीय संसद सचिवालयबाटमाननीय सदस्यहरुको नियमानुसार उपलब्ध हुने घर भाया, घर मर्मत खर्च भुक्तानीको बिषयलाईलिएर आम सञ्चार माध्यम र सामाजिक सञ्जालमा प्रकाशित समाचारका सम्बन्धमा सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ, बिगत आश्विन महिनाअघिको तथ्यांकलाई अध्यावधिक नगरी सूचना लिएकोदुई महिनापछि सम्प्रेशन भएको छ । यस सन्दर्भमा माननीय सांसदहरुले समय समयमा उपलब्धगराउनु भएको सूचनाका आधारमा सचिवालयबाट भुक्तानीमा भएका सामान्य तथ्यांकीय गल्तीलाईआधार मानी सम्प्रेशित समाचारबाट सम्मानित जनप्रतिनिधिहरुको आत्मसम्मानमा चोट पुगेकोछ

‘सञ्चार माध्यममा सम्प्रेशन भएजस्तो माननीय सांसदहरुलाई बढी रकम भुक्तानी नहुने रभएमा स्वतः समायोजन गरिने ब्यवस्थाछ । माननीय सदस्यहरुको घर स्वामित्व परिवर्तन भएको बिवरण प्राप्त भएपछि समय समयमा तथ्यांकअध्यावधिक गरिएको हुन्छ । केही माननीय सदस्यहरुले काठमाडौं उपत्यकामा घर भए नभएको बिवरणउपलब्ध नगराउनु भएको कारण सिर्जित समस्या समेतको समाधान गरिएको छ । माननीय सदस्यहरुलेप्राप्तगर्ने पारिश्रमिक, घरभाडालगायतका अन्य सुबिधा भुक्तानीको बिवरण मागअनुरुप माननीय सदस्यहरुलाईउपलब्ध गरिएको जानकारी गराइन्छ,’ संसद सचिवालयले भनेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -