- ADVERTISEMENT -

गोरखामा हालसम्म कोरोना संक्रमितको संख्या ९३, जसमध्य ३० जना निको भएर घर फर्किए

July 5, 2020
836
Shares
- ADVERTISEMENT -

गोरखा, आइतबार, २१ असार २०७७। गोरखामा हालसम्म कोरोना संक्रमितको संख्या ९३ पुगेको छ । शनिबार चार जनामा कोरोना संक्रमण पुष्टि भएसँगै गोरखामा कोरोना संक्रमितको संख्या ९३ पुगेको हो । हिजो शनिबार पालुङटार नगरपालिकाका ३ र शहिदलखन गाउँपालिकाका एक गरी चार जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

पालुङटार नगरपालिका ७ को जिवन ज्योती मा वि को क्वारेन्टिनमा रहेका २० र ४६ वर्ष महिला र २३ वर्षको पुरुषमा संक्रमण पुष्टि भएको हो । शहिदलखन गाउँपालिका ९ मा ३५ वर्षका एक पुरुषमा पनि कोरोना पुष्टि भएको छ । शनिवार मृत्यु भएका सहित संक्रमितको संख्या ९३ पुगेको हो । ति मध्ये ३० जना निको भएर घर फर्किएका छन् भने ६२ जना आइसोलेसनमा उपचाररत रहेको जिल्ला प्रशासन कार्यालयका सुचना अधिकारी हर्क रोकाले बताउनु भयो ।

- ADVERTISEMENT -

Advertisement

सबैभन्दा धेरै संक्रमित भिमसेन थापा गाउँपालिकामा ३५ जना, गण्डकी गाउँपालिकामा १५, पालुङटार नगरपालिकामा १४, शहिदलखन गाउँपालिामा १२ जना भेटिएका छन् । त्यसैगरी, गोरखा नगरपालिकामा नौ जना, बारपाक सुलिकोट पाँच जना, सिरानचोक गाउँपालिकामा दुई जना र अजिरकोटमा एक जनालाई संक्रमण पुष्टि भएको छ । धार्चे गाउँपालिका, चुमनुब्री गाउँपालिका , आरुघाट गाउँपालिकामा भने कोरोना संक्रमित अहिलेसम्म भेटिएका छैनन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -