- ADVERTISEMENT -

गोरखाको भिमसेन थापा गाउँपालिका ६ अश्राङकी सिता लम्साललाई बचाउन परिवारको अपिल

October 15, 2019
1279
Shares
- ADVERTISEMENT -

गोरखा, २८ असोज २०७६ । दुवै मृगौला काम नलाग्ने भएकी गोरखाको भिमसेन थापा गाउँपालिका ६ अश्राङकी सिता लम्साललाई बचाउन उनको परिवारले सहयोगको याचना गरेका छन् । लम्सालको मृगौला प्रत्यारोपण तथा डायलासिस गर्न आर्थिक क्षमता नभएपछि सहयोगको याचना गर्नुपरेको उनकी छोरी अम्बिका लम्सालले बताइन् ।

गत जेठमा दुवै मृगौला फेल भएपछि उनलाई काठमाण्डौ स्थित मनमोहन अस्पतालमा लगिएको थियो । त्याहा उपचार सम्भव नभएपछि उनलाई भारत लगियो । त्यहा २ महिना राख्दा भएको रकम सकिएपछि उनलाई हाल घर फर्काइएको छ ।

- ADVERTISEMENT -

Advertisement

लम्सालको शारिरिक अवस्था नाजुक भएपछि केहि हप्ताअघि पोखरा स्थित फिस्टेल अस्पताल लगिएको थियो । हप्तामा २ पटक अनिवार्य रुपमा डायलासिस गर्नुपर्दा झण्डै ८० हजार लाग्छ । तर हाल उनको परिवार हप्तामै ८० हजार खर्च गराउन सक्ने अवस्था नभएपछि सहयोगी खोज्न बाध्य भएका छन् ।

यसअघि भारतमै रोजगारीमा रहेका लम्सालका श्रीमान बुद्धि बहादुर पनि हाल घर फर्केका छन् । श्रीमतीको अवस्था नाजुक भएपछि उनको रेखदेख र उपचारका लागि जागिर छोडेर घर फर्किएका उनको हन्य आर्थिक स्रोत पनि छैन ।

हालसम्म झण्डै १० लाख श्रीमतीको उपचारमा लगाइसकेका उनले अब कसरी उपचारलाई अघि बढाउने अन्योलमा परेको बताउछन् । ‘भएको पैसा सकियो, जागिर पनि छोडिहाले, आउने बाटो छैन’ बुद्धीबहादुर भन्छन् ‘हप्तामा २ पटक डायलासिस गर्न ८० हजारजति लाग्छ’ उनले थपे ‘नगरे पनि हुदैन, गर्न पैसा छैन् ।’

उनको परिवारले सहयोग गर्न चाहानेका लागि ९८४०६८७८११ र ९८१८०८३२४० सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -