- ADVERTISEMENT -

गोरखाको चुमनुब्री गाउपालिकाका अध्यक्ष र कार्यकारीलाई उपाध्यक्षले लगाइन् भ्रष्टाचारको आरोप

December 29, 2018
890
Shares
- ADVERTISEMENT -

गोरखा, १४ पौष २०७५ । गोरखाको चुमनुब्री गाउँपालिकाका अध्यक्ष र कार्यकारी अधिकृतलाई भ्रष्टाराचार गरेको आरोप लागेको छ। अध्यक्ष धनबहादुर गुरुङ र कार्यकारी अधिकृत प्रदिप गिरीले प्रशासनिक खर्च लगायत अन्य खर्च कहाँ कति भयो सार्वजनिक नगरेपछि यस विषय बाहिर आएको हो। खर्च सार्वजनिक नगरी अध्यक्ष र कार्यकारीको मिलिमतोमा गत पुस १२ गते डाकिएको गाउँ सभा समेत गाउँपालिका उपाध्यक्ष कुमारी गुरुङले रोकेकी छन्। ‘अस्ति ११ गते गाउँ कार्यपालिकाको बैठक बस्यो ।

१२ गते गाउँ सभा गर्ने भनेर अध्यक्ष र कार्यकारीले जबरजस्ती डाके,’ गाउँपालिका उपाध्यक्ष गुरुङले थाहा खबरसँगको कुराकानीमा भनिन्, ‘एउटा शिर्षकको हिसाब किताब छैन । समिक्षा छैन । साधारणसभा छैन । एकलौटी ढंगले गएपछि गाउँ सभा पनि मैले रोकेँ । गाउँपालिकामा कति खर्च भएको छ भन्ने कुरा उपाध्यक्ष र अरु सात वटा वडाका अध्यक्षहरुलाई जान्न पाउने अधिकार छ नी ।

- ADVERTISEMENT -

Advertisement

उनीहरुले राम्रो काम गरेको भए किन डराएको ? हिसाब किन सार्वजनिक नगरेको ?’ उपप्रमुखले हिसाब किताब नदेखाई गाउँ सभा गर्न नदिने बताएपछि कार्यकारी अधिकृत गाउँपालिकामा थाहा नदिई शनिबार विहानै गोरखा झरेको स्रोतले जानकारी दियो। गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङलाई आयब्यय चाहियो भनेर माग गर्दा समेत वास्ता नगरेको उपाध्यक्ष कुमारी गुरुङले आरोप लगाइन्। ‘गाउँपालिकाको हिसाब किताब चाहियो भनेर अध्यक्ष ज्यूलाई पटक पटक भनेको छु । फिटिक्कै टेरेन । गाउँपालिकामा करोडौँ रकम छ ।

यसरी कहिले सम्म हुन्छ ?’ कुमारीले भनिन् । गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङ प्राय काठमाडौँ र गोरखा सदरमुकाममा भेटिन्छन्। केही समयअघि विभिन्न वडाका वडाध्यक्षहरुले गाउँपालिका अध्यक्ष कार्यालयमा नबसेकोले विभिन्न समस्या भएको गुनासो समेत गरेका थिए। गाउँपालिका अध्यक्ष गुरुङ ठेकेदार हुन्। चुमनुब्री गाउँपालिकाको यस वर्षको बजेट करिव २३ करोड रुपैयाँ रहेको छ । यसबारे जानकारी लिन उनै ठेकेदार गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङलाई टेलिफोन गर्दा कार्यकारी अधिकृतलाई सबै जानकारी रहेको भन्दै पन्छिए । ‘सार्वजनिक सुनुवाई गर्नुप¥यो भन्दै माग आयो त्यै भएर गाउँ सभा रोकियो,’ उनले भने, ‘कार्यकारीलाई सोध्नु न सबै उहाँलाई थाहा छ ।’ कार्यकारी अधिकृतको अफिसियल मोबाइल नम्बर भने स्वीच अफ गरिएको छ । थाहा खबरबाट साभार

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -