- ADVERTISEMENT -

गोरखाका बिधालयलाई स्वास्थ्य सामाग्री वितरण

January 20, 2021
643
Shares
- ADVERTISEMENT -

गोरखा, बुधबार, ७ माघ २०७७ । गोरखाका बिधालयमा स्वास्थ्य सामाग्री वितरण गरिएको छ । संभव नेपाल संस्थाले गाउँपालिका भित्रका एक सय ३३ सामुदायिक विद्यालयलाई स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

भिमसेन थापा गाउँपालिकाका अध्यक्ष इश्वर पाण्डेको पहलमा भिमसेन थापा गाउँपालिका भित्र रहेका करिब ४२ वटा बिधालयमा करिब ५ हजार ५ सय बिद्यार्थी र शिक्षकहरुलाई पुग्ने गरी मास्क, थर्मल गन, हात धुने साबुन हस्तान्तरण गरिएको थियो ।

- ADVERTISEMENT -

Advertisement

बुधवार एक कार्यक्रमका बिच गोरखाको भिमसेन थापा गाउँपालिका घ्याम्पेशालको दुल्लभ माध्यामिक विद्यालय, कनकामना आधारभुत र बिन्द्राबती माविलाई स्वास्थ्य र सरसफाईका सामग्री बितरण गरिएको हो । पालिका भित्र अन्य विद्यालयका लागि भने गाउँपालिकालाई हस्तान्तरण गरिएको स्वास्थ्य सामग्री हस्तान्तरण अभियानका सहयोगी उत्तम अधिकारीले बताउनु भयो ।

कोभिड १९ को प्रभावका बिच विद्यालय संचालन हुने क्रम सुरु भएकाले शिक्षक र विद्यार्थीलाई सुरक्षित रहन मद्धत पुग्ने हेतुले मास्क, साबुन, थर्मल गन सहयोग गरिएको संभव नेपालका संस्थापक अध्यक्ष प्रेम खत्रीले बताउनु भयो ।

भिमसेन थापा गाउँपालिकाका अध्यक्ष इश्वर पाण्डे, उपाध्यक्ष बिनु वाग्ले, संभव नेपालका संस्थापक अध्यक्ष प्रेम खत्रीले विद्यालयका प्रधानाध्यापकलाई उक्त सामग्री बितरण गर्नु भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -