- ADVERTISEMENT -

खबपु चंचल र सुरेश (एस टि) को निर्देशनमा “फुट्या चस्मा” हरेक बुधबार

October 10, 2020
842
Shares
- ADVERTISEMENT -

काठमाडौ, सागर बाबू भट्ट, शनिबार, २४ असोज २०७७ । खबपु चंचल र सुरेश (एस टि) को निर्देशनमा फुट्या चस्मा प्रसारण हुने भएको छ ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) लाई मध्ये नजर गर्दै दर्शकहरुलाई भरपुर मनोरञ्जन प्रदान गर्नको उदेश्यका साथ खबपु चंचल र सुरेश ( एस टी ) को कथा निर्देशनमा गरिएको फुट्या चश्मा (डिएस क्रेएसन) को प्रस्तुतिमा रहेको टेलिसिरियल हरेक हप्ताको बुधबार साझ ५ बजे (खबपु) खडगा बहादुर पुन मगर युट्युव च्यानलबाट प्रसारण गरिने भएको छ ।

- ADVERTISEMENT -

Advertisement

यो टेलिसिरियलमा समाजमा भएका समसामयिक विषयबस्तुलाई समेटेर बनाइएको हुनाले हास्य र व्यंग्य समेत रहेको छ । उक्त टेलिसिरियल बाट भरपुर मनोरन्जन लिन सकिन्छ ।

जसमा कलाकारहरुमा खड्गा बहादुर पुन मगर (खबापु), सुरेश एस टी, सचिन भट्टराई, दीपेन्द्र जैशी, हन्ना बान्तावा, मुनम मल्ला ठकुरी रहेका छन् । साथै, कथा खबपु र सुरेश एस टी, क्यामेरामा रोशन तामाङ्ग र खबापु चंचल र सुरेश एस टीले निर्देशक गरेका छन् ।
विजय तिखतारीको सम्पादन, हन्ना बान्तावाको श्रृंगार, व्यवस्थापनमा सचिन र दीपेन्द्रको रहेको छ

सो टिमले उक्त भिडियो कडा मेहेनत र लगावको साथ आ-आफनो दमदार प्रस्तुती दिएका छन् । सम्पुर्ण तमाम स्रोता तथा दर्शकहरुले हेरेर प्रतिक्रिया दिनुहुनेछ र आगामी दिनहरुमा अझै राम्रो गर्दे जाने उक्त टिमको अपेक्षा रहेको छ ।

हालसम्म उक्त टोलीले ४ वटा भागहरु प्रसारण गरि सकेका छन । दर्शक स्रोतहरुले उक्त टेलिसिरियललाई माया र साथ दिनु हुनेछ भन्ने आशा लिएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -