- ADVERTISEMENT -

कोरोना संक्रमित कैदीको मृत्यु, हत्या भएको परिवारको दाबी

September 22, 2020
805
Shares
- ADVERTISEMENT -

काठमाडौं, मंगलबार, ६ असोज २०७७ । केन्द्रीय कारागार सुन्धारामा रहेका एक कैदीको गत असाेज ३ गते उपचारको क्रममा वीर अस्पतालमा निधन भएको थियो । बुटवल भैरहवाका ६३ वर्षीय राजलखन जैसवाललाई मृत्युपछि कोरोना संक्रमण पनि पुष्टि भएको थियो ।

जैसवाल कर्तव्य ज्यान मुद्दामा ८ वर्षदेखि सजाय काटिरहेका थिए । तर, उनको परिवारले जैसवालको हत्या भएको आरोप लगाएको छ ।

- ADVERTISEMENT -

Advertisement

प्रहरीले लाश हेर्न नदिएको बल गरेर हेर्दा लाश पुरै क्षतविक्षत अवस्थामा रहेको पाइएको परिवारले बताएको छ । शवको दुबै आँखा फुटेको र घाँटीमा चोटसमेत रहेको भन्दै परिवारले घटनाको छानविन गर्न माग गरेको छ ।

प्रहरीले भने जैसवाललाई श्वासप्रश्वासमा समस्या देखिएपछि ३ गते बेलुका साढे ९ बजे केन्द्रीय कारागारकै अस्पतालमा लगिएको र अस्पतालले वीर अस्पताल लग्न भनेपछि लगत्तै वीर अस्पताल लगिएको थियो ।

- ADVERTISEMENT -

Advertisement

अस्पताल पुर्याएको करिब आधा घण्टापछि उपचारकै क्रममा उनको मृत्यु भयो । उनको मृत्युपछि कोरोना परीक्षण गर्दा सोमबार कोरोना पोजेटिभ देखिएको केन्द्रीय कारागारले जनाएको छ । उनी पारकिन्सन् रोगबाट ग्रसित थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -