- ADVERTISEMENT -

कोभिड १९ : सञ्चारकर्मीका लागि राहतका विशेष प्याकेज घोषणा गर्न सरकारको ध्यानाकर्षण

March 30, 2020
767
Shares
- ADVERTISEMENT -

काठमाडौं, १७ चैत २०७६ । कांग्रेस निकट पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनले कोभिड १९ महामारी रोक्न सरकारले गरेको लकडाउनका कारण समस्यामा परेका सञ्चारमाध्यम र सञ्चारकर्मीका लागि राहतका विशेष प्याकेज घोषणा गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

युनियनका अध्यक्ष बद्री सिग्देलले सोमबार विज्ञप्ति जारी गरी लकडाउन अवधिको लागि श्रमजिवी पत्रकार र सञ्चारमाध्यमका लागि विशेष आर्थिक सहुलियतको योजना ल्याउन माग गरेका हुन् ।

- ADVERTISEMENT -

Advertisement

सिग्देलले राहत प्याकेजमा सञ्चारमाध्यमको नविकरण शुल्क र करमा छुट लगायतका विषय पनि समावेश गर्न सरकारलाई सुझाव दिएका छन् ।

युनियनले कार्यक्षेत्रमा खटिएका सञ्चारकर्मीका लागि कोरोना भाइरस संक्रमणबाट बच्न सुरक्षाका लागि आवश्यक स्वास्थ्य सामग्री तत्काल उपलब्ध गराउन र आकस्मिक उद्धारको व्यवस्था गर्न माग गरेको छ ।

- ADVERTISEMENT -

Advertisement

युनियनले सञ्चारकर्मी र सञ्चारमाध्यमलाई आफू सुरक्षित रही महामारीको विषम परिस्थितिमा सत्य,तथ्य र आधिकारिक सूचनामा आधारित समाचार समग्रीमात्र सम्प्रेषण गर्नसमेत आग्रह गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -