- ADVERTISEMENT -

केपी ओली र प्रचण्ड नभए कम्युनिष्ट एकता हुँदैन थियो : मुख्यमन्त्री गुरुङ

December 1, 2018
1412
Shares
- ADVERTISEMENT -

म्याग्दी, १५ मङ्सिर २०७५ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पुरानो मानसिकता र संरचना परिवर्तन नहुँदा सरकारको कामले गति लिन नसकेको बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा म्याग्दीले शनिबार बेनीमा आयोजना गरेको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

- ADVERTISEMENT -

Advertisement

उहाँले देशमा शासक र शासन गर्ने शैली फेरिए पनि सरकारले ल्याएका नीति तथा कार्यक्रमहरुलाई कार्यान्वयन गर्ने कर्मचारीतन्त्रमा पुरानै मानसिकता कायम रहँदा अपेक्षाकृत काम हुन नसकेको बताउनुभयो । उहाँले पुरानै मानसिकता र संरचनाका कारणले गर्दा सरकारले काम गरे पनि प्रभावकारी नदेखिएको बताउँदै कार्यान्वयन गर्ने तौरतरिकामा पनि परिवर्तन ल्याउन जरुरी रहेको बताउनुभएको छ ।

अहिलेको सरकारप्रति नागरिकको ठूलो अपेक्षा र आशा रहेको भन्दै उहाँले सरकारको कामलाई तल्लो तहसम्म पुर्‍याउन आवश्यक रहेकोमा जोड दिनुभयो ।मुख्यमन्त्री गुरुङले संवैधानिक र कानुनी हिसाबले चुनाव लडेर नेपालमा दुई तिहाई बहुमत ल्याएर कम्युनिष्टले सरकार बनाएको बताउँदै यस्तो दुनियाँमा कहीँ नभएको बताउनुभयो । उहाँले नेपाली कांग्रेसले घुमाइफिराई देशमा राजतन्त्र ल्याउन चाहेको आरोप पनि लगाउनुभयो ।

भारतले गणतन्त्र दिवसमा पूर्वराजालाई बोलाउने विषय ठूलो ‘ग्राइन्ड डिजाइन’का साथ बाहिर आएको उहाँको तर्क थियो । कांग्रेसका महामन्त्रीले हिन्दुराष्ट्रको वकालत गर्नु, यही समयमा राप्रपाका बीचमा पार्टी एकताको प्रसङ्ग उठ्नु, कम्युनिष्ट पार्टीबीच भएको एकताको विरुद्ध विभिन्न चलखेलहरु हुनु भारतले नेपालमा अस्थिरता ल्याउन चाहेको संकेत भएको आरोप लगाउनुभयो ।

अहिले प्रतिपक्षहरु नीति र अस्तित्व रक्षाको सङ्गटमा रहेको प्रसङ्ग उल्लेख गर्दै मुख्यमन्त्री गुरुङले भन्नुभयो, ‘पार्टी र सरकारको आलोचना गरौं तर निन्दा गर्ने काम नगरौं ।’ उहाँले गण्डकी प्रदेश अन्य प्रदेशहरुको तुलनामा प्राकृतिक स्रोत र साधनका हिसाबले सम्भावनायुक्त रहेकोमा जोड दिँदै प्रदेश सरकारले प्रदेशका सबै नागरिकको पहुँचमा व्यवस्थित खानेपानी र विद्युत पु¥याउने लक्ष्य लिइएको बताउनुभयो ।

नेपालको पर्यटनको राजधानी पोखरा भएको हुँदा गण्डकी प्रदेशमा ३ सयवटा गाउँलाई ग्रामिण पर्यटनका रुपमा विकास गरिने मुख्यमन्त्री गुरुङले जानकारी दिनुभयो । मुख्यमन्त्री गुरुङले कृषिमा आधुनिकीकरण, यान्त्रीकरण र व्यावसायीकरण गर्नुपर्ने आवश्यकता रहेको औल्याउँदै गण्डकी प्रदेशलाई ५ वर्षभित्र निरक्षरमुक्त प्रदेशका रुपमा घोषणा गरिने पनि बताउनुभयो ।

नेकपाको गण्डकी प्रदेश इन्चार्ज समेत रहनुभएका मुख्यमन्त्री गुरुङले केपी ओली र प्रचण्ड नभएको भए पार्टी एकता हुन नसक्ने ठोकुवा गर्नुभयो । उहाँले केन्द्रीय कमिटी र प्रदेश सङ्गठन कमिटीमा पार्टी एकताको काम सकिएको र अब जिल्ला कमिटीहरु गठन गरिने बताउनुभयो । ujjayaloonline

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -