- ADVERTISEMENT -

कुनै दल वा व्यक्ति विशेषलाई भन्दा पनि समग्र धरानका जनता र विकासका लागि काम गर्ने प्रतिवद्धता

December 4, 2019
649
Shares
- ADVERTISEMENT -

धरान, १८ मङ्सिर २०७६ । धरान उपमहानगरपालिकाका नवनिर्वाचित मेयर तिलक राईले धरानका जनतालाई चर्को करबाट राहत दिने बोल्ड निर्णय गरेका छन् ।

बुधबार मध्यान्ह धरान उपमहानगरपालिकाको मेयरको कार्यकक्षमा पदभार ग्रहण गर्दै राईले करको दर र दायरमा पुनरावलोकन गर्ने सम्बन्धि प्रस्तावको पहिलो निर्णयमा हस्ताक्षर गरेका हुन् ।

- ADVERTISEMENT -

Advertisement

मेयरको पदभार ग्रहण गर्दा निर्णय गर्ने परम्परा छ । निर्वाचनको प्रचार प्रसारका बेला मतदाता समक्ष गरेको प्रतिवद्धता अनुसार मेयर राईले कर घटाउनेसम्बन्धि प्रस्तावमा पहिलो निर्णय गरेका हुन् ।

नेपाली कांग्रेसबाट मेयरमा निर्वाचित मेयर राईले पदभार ग्रहण गरेका दिनदेखि आफूले कुनै दल वा व्यक्ति विशेषलाई भन्दा पनि समग्र धरानका जनता र विकासका लागि काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

धरानमा बहुमतमा रहेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले जनतासँग चर्को कर उठाउने निर्णय गरेर सोहीअनुसार रकम असुल्दै आएको थियो । धरान उपमहानगरपालिकामा नेकपाले चरम भ्रष्टाचार गर्दै आएको आरोप पनि छ ।

मेयर राईको स्वागतका लागि धरान नगरपालिकाकी उपमेयर र कार्यकारी अधिकृतसहितका कर्मचारी तथा नेपाली कांग्रेसका शुभेच्छुकहरू धरान उपमहानगरपालिकाको कार्यालयमा उपस्थित थिए । राईले उपमेयरलाई कामविहीन बनाएर नराख्ने बताएका छन् ।

राईले आफू मेयरको रुपमा आएको भन्दै धरानका जनताले दिएको जनमतलाई कहिल्यै पनि डगमगाउन नदिने बताए ।

उनले करलाई व्यवहारिक र वैज्ञानिक बनाउने प्रतिवद्धता पनि जनाए । ‘निर्वाचनमा गरेको प्रतिवद्धताअनुसार करलाई व्यवहारिक र वैज्ञानिक बनाउनेछु’, उनले भने, ‘सहयात्री राजनीतिक दलहरूले मेरो यो अभियानमा साथ दिनु हुनेछ । मलाई विश्वास छ । नेकपाले पनि कर घटाउने निर्णय गरेर सहमति दिनुभएको छ । कर पुनरावलोकन गरेर कार्यान्वयन गरिनेछ ।’

मेयर राईले स्थानीय तहको सरकारले मिलेर काम गर्ने बताए । उनले भने, ‘अब सिंगो टिम छौँ । यहाँ आउने मुद्धा पार्टी र व्यक्तिका हुनेछैनन् । धरानका जनताका हुनेछन् ।’ मेयर राईले कर घटाउने प्रस्तावलाई नगर परिषदबाट निर्णय गराएर कार्यान्वयन गराउनेछन् ।

पदभार ग्रहण गर्नु अगाडि मेयर राईले धरानमा रहेको स्व।गणेशमान सिंहको शालिकमा माल्यार्णपन गरेका थिए । त्यसपछि उनले धरानका तत्कालीन मेयर स्व।तारा सुव्वाको शालिकमा पनि माल्यार्णपन गरेका थिए ।

नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता र शुभेच्छुकहरूसहित मेयर राईले धरान उपमहानगरपालिकामा रहेको आफ्नो कार्यकक्षमा आएर पदभार ग्रहण गरेका थिए ।

 

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -