- ADVERTISEMENT -

काहाली लाग्दो सिरिया युद्ध ,

February 26, 2018
3287
Shares
- ADVERTISEMENT -

घरिघरि यो तस्बिर हेर्छु,जति देख्छु उत्ति भक्कानिन्छ मन,केके आउँछ आउँछ सोच नै,कसरी सकिन्छ होला यत्ती क्रुर हुन,कुनै वैदिक ग्रन्थमा यतिसम्मको राक्षसीपन राक्षसकै नाबालक ,शत्रुकै बच्चालाइ पनि गरेको भेटिन्न???? त्यो सानो अबोध मन,हेराइले पनि नपगाल्ने कस्तो मन!!!! धन्न म यो देशमा जन्मिन , मेरा देशका ती कलिला मुनाले यसरी जीवन दाउमा राख्न परेको छैन।।,मेरो देश गरिब भएपनी यतिसम्मको निच हर्कत ,अमानवीयता देखाउँदैन…

more information (Copied) सिरिया युद्दको कारण सामान्य जानकारी ।

- ADVERTISEMENT -

Advertisement

सिरियामा चलिरहेको युद्द सिभिल वार नभएर सिभिल अनरेस्ट युद्द हो । यो सन २०११ मा सुरु भएको थियो । अहिले भैराखेको सरकार हटाएर सेकुलर सरकार निर्माण गर्ने उद्देश्य अनुरुप त्यहिका नागरिकहरुले सरकार बिरुद्द गरेको युद्द हो ।तिनै क्रान्तीकारी नागरिकहरु मिलेर फ्री सिरियन आर्मी नामक बिद्रोही शक्तिको निर्माण गरे । यो समुहलाइ युरोप देशहरु अमेरिका, युके, फ्रान्स, जर्मनी र अरब देशहरु साउदी कतार जोर्डन र टर्किको पुर्ण सपोर्ट छ ।

कतार चाहिँ सरकार र बिद्रोही दुबैलाइ सहयोग गर्दैछ ।

यो युद्द्लाइ एक किसिमको धार्मिक युद्द पनि मान्न सकिन्छ । सिरियामा १३ % सिया धर्म मान्ने छन भने ८३% सुन्नी धर्म । अहिलेका राष्ट्रपती बसर अल असद सिया हुन । माइनोरिटिले मेजरिटिलाइ शासन गरेको भनेर पनि बुझ्न सकिन्छ ।

सिरियामा चलिरहेको युद्द प्रोक्सी युद्द / शीत युद्द पनि हो । किनकी असद सरकारलाइ रसिया सपोर्ट गर्दैछ । त्यसैगरी इरान र चाइना पनि असदकै सपोर्टमा छन । तर चाइनाले आर्मी या हतियार सहयोग गरेको छैन । त्यहाको रिबेल ग्रुपलाइ अमेरिकाको सपोर्ट छ ।

यहाँ अर्को र्याडिकल अपोजिसन चरमपन्थी गुट पनि छ । जो असदको सरकार हटाएर इस्लामिक सरकार बनाउन चाहन्छ । जवात अल नुस्रा त्यहाको ठूलो चरमपन्थी गुट हो । अल काइदाको शाखा हो यो । त्यही शाखाले २०१६ मा नाम फेरेर जवात फतेह अल साम भएको छ । यो आतंकबादी समुहलाइ साउदी कतारले सपोर्ट गर्दैछन ।

कुराहरु धेरै छन तर यिनै कारणहरुको सेरोफेरोमा सिरियामा युद्द चलिरहेको छ । लाखौ शरणार्थी भएर जोर्डन लेबनन र टर्की गए । कोहि युरोप छिरे । दुई करोड जनसंख्या भएको देश सिरियाका लगभग आधा जनसंख्या तितर बितर हुदैछन । युद्द भएदेखि आजसम्म लगभग अढाइ लाख मानिस मारिइसके । लगभग ६० % प्रतिशत बेरोजगार भएको सिरिया दिनानुदिन आर्थिक बर्बादितिर धकेलिदै छ । दुनियाकै पहिलो सभ्यता मेसोपोटोमिया को सुरुवात सिरियाबाट भएको हो । ।।।।।???#pray_for_syria

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -