- ADVERTISEMENT -

कामदार अभावमा भूकम्प पछिको पुनर्निर्माणमा कठिनाई

March 25, 2018
2474
Shares
- ADVERTISEMENT -

गोरखा-चैत११आईतवार : २०७२ सालको बिनासकारी भूकम्पको कारण गोरखा जिल्लाको उत्तर पूर्व क्षेत्रका अधिकांम्स संरचना पूर्णरुपमा क्षति भएका थिए ,भने धेरै व्यक्तिले ज्यान समेत गुमाएका थिए तर भूकम्प गएको यतिलामो समय हुँदा पनि कतिले अहिले सम्म क्षतिपूर्ति नै पाएका छन् नत घर निर्माण गर्न सकेका छन् ।काम गर्न सक्ने यूवा जति विदेशीएका कारण कामदार नहुनु सिमित मान्छेहरुमात्रको भरपर्नु पर्ने र सरकारले दिएको समय भित्रनै घरनिर्माण गरिसक्नु पर्ने भएकाले पुनर्निर्माणमा झन कठिनाई आएको छ ।                     त्यसमा पनि भिमसेनथापा गाउँपालिका अन्तर्गत वाड नं ४ साबिकको धावा गाविसमा भुकम्पको कारण ५ जनाले ज्यान समेत गुमायका थिएभने अधिकामंश संरचना ध्वस्त भएका थिए , त्यस्तै स्कुलहरुको पूननिर्माण थालनि भएता पनि कामको ढिलासुस्ती र कामदार अभावका कारण गतिलिन सकेको छैन ,विधार्थीहरु कच्ची टिनका टहरा हरुमा पढन बाध्य भएका छन् गतबर्ष हावाहुरिका कारण अस्थाई टहराका छाना उढाउंदा भगवति मा बि का बिधार्थी समेत घाहिते भएका थिए स्थानीय भन्छन अव वर्खा लागिसको हावाहुरिको सिजन आईसको आफ्ना वच्चा लाई स्कुल पठाउननि डराई मर्नुछ , समयमा भवन निर्माण नहुँदा यो समस्या आएको हो , काम गर्न सक्ने युवा जति कोहीपनि गॉंउमा छैन सिमित व्यक्तिको भरमा घर निर्माण गर्नुपर्ने छ सरकारले दिएको रकम नि पर्याप्त छैन महँगी ले आकास छोएकोछ निर्माण सामाग्री किनिसक्नु छैन भन्दै तोकिएकै समयमा घर निर्माण गरिसक्नु पर्ने भएकाले झन समस्या थपिएको वताउँछन् स्थानीयवासीहरु ,सामान्य घर निर्माणको लागिपनि तिन ,चार महिना मा पनि नसकिने भएको छ ,अझ वुढिगण्डकी आयोजन डुवान प्रभावित लाई भने झन समस्या थपएको समयमा मुवाव्जा नपाउदा घर कहॉं वनाउने भन्ने र कहॉं बस्ने अन्योलका कारण अस्थाई टहरा मा वस्न बाध्य छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -