- ADVERTISEMENT -

काठमाडौमा तेस्रो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने

January 18, 2020
896
Shares
- ADVERTISEMENT -

काठमाडौं, ४ माघ २०७६ । तेस्रो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) काठमाडौंमा आयोजना हुने भएको छ । नेपाल चलचित्र ताथ साँस्कृतिक प्रतिष्ठानको आयोजनामा राष्ट्रिय सभागृह तथा पर्यटन बोर्डको सभाकक्षामा ५ दिन महोत्सव आयोजना हुन लागेको हो ।

फागुन १ बाट काठमाडौमा तेस्रो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने आयोजक नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठानले बिहिबार पर्यटन बोर्ड भृकुटी मण्डपमा एक कार्यक्रमको आयोजनासहित महोत्सवको विभिन्न पक्षबारे जानकारी दिएको हो ।

- ADVERTISEMENT -

Advertisement

 कार्यक्रममा शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर, वरिष्ठ फिल्मकर्मी नीर शाह, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, माननीय सांसद तथा गायिका कोमल ओली, कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, निर्देशक समाजकी अध्यक्ष रक्षा सिंह राणासहित फिल्मकर्मीको उपस्थिति रहेको थियो ।

फागुन १ बाट काठमाडौमा तेस्रो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने ३ नेपाली चलचित्रको रचनात्मक विकासको उद्देश्यसहित हुन लागेको महोत्सव अवधिभर ८० चलचित्र प्रदर्शन हुनेछन् । जसमा १० अन्तर्राष्ट्रिय कथानक चलचित्र, ३५ लघु चलचित्र, ५ नेपाली कथानक चलचित्र, १५ नेपाली लघु चलचित्र, ८ वृत्तचित्र र ६ एनिमेटेड चलचित्र रहेका छन् । ५५ देशबाट प्राप्त ६ सयभन्दा बढी चलचित्रबाट उत्कृष्ट ८० चलचित्र महोत्सवका लागि छानिएका हुन् ।

‘विश्वका कथाहरूको कथ्य उत्सव’ नारासहित ‘हुन लागेको महोत्सवमा विगतमा कथानक चलचित्र मात्र प्रस्तुत गरिएकोमा यो वर्ष एनिमेसन र वृत्तचित्रको विधा पनि थपिएको छ । महोत्सवमा कथानक चलचित्र, वृत्तचित्र तथा एनिमेटेड विधाका उत्कृष्ट चलचित्रलाई बेग्ला बेग्लै पुरस्कार प्रदान गरिनेछ ।

फागुन १ बाट काठमाडौमा तेस्रो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने अन्तर्राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत सर्वाेत्कृष्ट कथानक फिल्मलाई १ हजार ५ सय अमेरिकी डलरसहित गौतम बुद्ध अवार्ड, सर्वोत्कृष्ट वृत्तचित्रलाई १ हजार डलरसहित माउन्ट एभरेस्ट अर्वाड, सर्वोत्कृष्ट एनिमेटेड चलचित्रलाई ७५० डलरसहित मञ्जुश्री अवार्ड, सर्वोत्कृष्ट लघु चलचित्रलाई ५ सय डलरसहित वाग्मति अवार्ड प्रदान गरिनेछ ।

फेस्टिभलमा प्रदर्शन हुने मध्ये कथानक चलचित्रलाई बलिउड फिल्म निर्देशक प्रकाश झा नेतृत्वको निर्णायक मण्डलले मूल्याँकन गर्नेछ । यसमा गौरी मल्ल, मञ्जुकुमार श्रेष्ठ, पोर्जुगिज फिल्ममेकर जाओ पाओलो र सिंगापुरका फिल्ममेकर युनी हाडी सदस्य रहनेछन् ।

वृत्तचित्र, लघु चलचित्र तथा एनिमेटेड चलचित्रतर्फको जुरीको नेतृत्व श्रीलंकन फिल्ममेकर अनोमा राजाकरुणाले गर्नेछन् भने उनलाई थिबाउट फ्रेक र करुण थापाले सघाउँनेछन् । नेपाली प्रतिस्पर्धा अन्तर्गत उत्कृष्ट कथानक चलचित्रलाई १ लाख रुपैयाँ सहितको पुरस्कार र उत्कृष्ट लघु चलचित्रलाई ४० हजार रुपैयाँसहितको पुरस्कार प्रदान गरिनेछ । कथानक चलचित्रतर्फका उत्कृष्ट निर्देशक, लेखक, छायाकार, अभिनेता र अभिनेत्रीलाई ट्रफी प्रदान गरिनेछ ।

फागुन १ देखि ५सम्म चल्ने महोत्सवले नेपाली फिल्मको बिकाशमा टेवा पुर्याउने तथा राष्ट्रकाे शिर उच्च राख्ने उद्देश्य रहेको आयोजक संस्थाका अध्यक्ष केपी पाठकले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -