- ADVERTISEMENT -

काठमाडौं–निजगढ दू्रतमार्ग निर्माणको काम तत्काल रोक्न कांग्रेसको माग

November 26, 2018
811
Shares
- ADVERTISEMENT -

काठमाडौँ, १० मङ्सिर २०७५ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले काठमाडौं–निजगढ दू्रतमार्ग निर्माणको काम तत्काल रोक्न सरकारसँग माग गरेको छ ।

नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडुले ललितपुरस्थित खोकना, बुङमतीलगायतका स्थानीय नागरिको मागलाई सम्बोधन नगरेसम्म सो दू्रतमार्ग निर्माणको काम अघि नबढाउन सरकारसँग माग गर्नु भएको हो ।

- ADVERTISEMENT -

Advertisement

सोमबार सो द्रूतमार्ग निर्माण सम्बन्धमा संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उहाँले खोकना र बुङमतीका जनताको माग तत्काल सम्बोधन नगरे सो आयोजनाले भयावह मोड लिनेतर्फ पनि सरकारलाई सचेत गराउनुभयो ।

मुआब्जालगायतका माग सम्बोधन नभई सो राष्ट्रिय गौरवको आयोजना निर्माण कार्य सुरु भएकोमा खोकना र बुङमतीबासीको आक्रोश छ । कांग्रेस नेता बडुले राष्ट्रले प्राथमिकता दिएको सो आयोजनाका पीडितको मागलाई सम्बोधन गर्न ढिलाई नगर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनुभयो ।

उहाँले सो सम्बन्धमा छलफल गर्न प्रधानमन्त्री केपी ओलीलाई समितिको बैठकमा बोलाउनुपर्ने आवश्यक्ता पनि औंल्याउनुभयो । बैठकमा संघीय समाजवादी फोरम, नेपालका नेता राजेन्द्रप्रसाद श्रेष्ठले पनि सो दू्रतमार्ग निर्माणको नाममा सरकारले खोकना र बुङमतीका जनतालाई आतंकित बनाउने काम गरिरहेको आरोप लगाउनुभयो ।

उहाँले विस्तृत अध्ययन प्रतिवेदन तयार पारेर मात्रै सो द्रू्रतमार्ग निर्माणको काम अघि बढाउन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो । नेता श्रेष्ठले सरकारले स्थानीय जनताको माग सम्बोधन नगरी किन नेपाली सेनालाई सो द्रूतमार्ग निर्माणको काम अघि बढाउन निर्देशन दिएको भनि प्रश्न पनि गर्नुभयो ।

राज्य व्यवस्था तथा सुशासन समितिले खोकना र बुङमतीका स्थानीय नागरिकको पीडालाई सम्बोधन गर्न सरकारलाई दवाव दिन सो दू्रतमार्गको स्थलगत अनुगमनको काम समेत गरिसकेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -