- ADVERTISEMENT -

काठमाडौँ महानगरको विकासमा सहयोग गर्ने जाइकाको प्रतिवद्धता

September 7, 2018
1607
Shares
- ADVERTISEMENT -

काठमाडौँ, २२ भदौ

नेपालमा स्थायी सरकार गठन भएसँगै विदेशी दाताहरु पनि नेपालको विकासमा सहयोग गर्न ईच्छुक देखिन थालेका छन् । काठमाडौँ महानगरपालिकाको विकासका लागि समेत विदेशी दाताहरुले सहयोग गर्न आफूहरु तयार रहेको भन्दै चासो व्यक्त गर्न थालेका छन् ।

- ADVERTISEMENT -

Advertisement

जापान ईन्टरनेशनल कर्पोरेशन एजेन्सी (जाईका) का नेपाल प्रमुख साखूमा जूनसहितको टोलीले काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यसँग भेट गरी महानगरपालिकाको विकासका लागि सहयोग गर्न आफूहरु इच्छुक रहेको बताएका हुन् । उनीहरुले शाक्यसँग भेट गरी काठमाडौँ महानगरपालिकाको फोहोर–मैला व्यवस्थापन र ट्राफिक व्यवस्थापन, विभिन्न नदीको पानी प्रशोधनलगायतमा आफूहरु सहकार्य गर्न तयार रहेको बताए ।

मेयर शाक्यकै कार्यकक्षमा करीब २ घण्टा कुराकानी गरेको जूनको टोलीले नेपालमा अहिले स्थायी सरकार बनेको भन्दै आफूहरु दीर्घकालिन सहयोगका लागि उत्साहित भएको बताएका थिए । ‘हामी काठमाडौँ महानगरपालिकासँग दीर्घकालिन सहकार्य गरेर जान इच्छुक छौँ,’ भेटका क्रममा जूनले भन्नुभयो, ‘महानगर पालिकाको फोहोर-मैला व्यवस्थापन, ट्राफिक व्यवस्थापन, विभिन्न नदीको पानी प्रशोधनलगायतका कुरामा हामी सहकार्य गर्न चाहन्छौँ । यसका लागि केन्द्रीय सकारसँग पनि छलफल गर्न चाहेका छौँ ।’

जूनले आफ्ना भनाई राखेपछि मेयर शाक्यले पनि जाईकासँग राम्रो प्राविधिक टीम रहेको भन्दै महानगरको विकासमा सहकार्य आफूहरु पनि तयार रहेको बताउनुभयो । ‘नयाँ संविधान जारी भएसँगै नेपालमा स्थायी सरकार बनेको छ,’ शाक्यले भन्नुभयो, ‘हामीलाई जापान जस्तो अनुभवी प्राविधिक टीमको सहकार्य मञ्जुर छ । तर, त्यसका लागि निरन्तर छलफल आवश्यक छ । तपाईँहरुले पनि आफूहरुले के कुरामा र कति, कसरी सहयोग गर्न चाहनु भएको छ । प्रष्ट खाका बनाएर ल्याउनुहोला ।’

शाक्यले राष्ट्र र महानगरको हितमा हुने सहयोगको खाका जाइकाले दिएको खण्डमा आफू केन्द्रीय सरकारसँग पनि छलफल गर्न तयार रहेको जानकारी दिनुभयो । ‘महानगरपालिका आफू मात्रै समृद्ध बन्ने होइन छिमेकलाई पनि समृद्ध बनाउने अभियानमा छ । महानगरपालिकाले यही कुरालाई ध्यानमा राखेर छिमेकी १० ओटा नगरपालिकालाई आर्थिक सहयोगको थालनी गरेको छ,’ शाक्यले भन्नुभयो, ‘तपाईँहरुले महानगरसँग सहयोगको हात अघि बढाउन चाहेका छौँ भन्दा मलाई पनि खुशी लागेको छ । हामी निरन्तर छलफल गरेर अघि बढौँ ।’

उहाँले महानगरपालिकाले ले स्मार्ट पार्किङ भवन निर्माण गर्ने, काठमाडौँ मेघा प्रर्दशनी हल निर्माण गर्ने जस्ता योजना अघि बढाएको भन्दै त्यसमा पनि सहकार्य गर्न सकिने बताउनुभयो । जाइकाका प्रतिनिधिले कोटेश्वरको अण्डरपास, काठमाडौँमा मोनोरेल, मेट्रोरेल सञ्चालन जस्ता कुरामा पनि जिज्ञासा राखेका थिए । मेयर शाक्यले यी सबै विषयमा बृहत छलफल गरेर अघि बढ्न सकिने जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -