- ADVERTISEMENT -

कां’ग्रेस वरिष्ठ नेता एवं पूर्व सभामुख रामचन्द्र पौडेलद्वारा सेती नदी माथिको पक्की पुल उद्घाटन

December 1, 2020
712
Shares
- ADVERTISEMENT -

दमौली, सोमबार, १६ मङ्सिर २०७७ । कां’ग्रेस वरिष्ठ नेता एवं पूर्व सभामुख रामचन्द्र पौडेलले व्यास नगरपालिका र ऋषिङ गाउँपालिका जोड्ने सेती नदी माथिको पक्की पुल उद्घाटन गरेका छन् ।

पक्की पुलको उद्घाटन गर्दै पूर्व सभामुख पौडेलले पुल निर्माण सगै दक्षिणी भेगका जनतालाई सुविधा पुगेको बताएका थिए । साथै, पुलले निर्माण कार्य सम्पन्न भएसगै ग्रामीणी भेगको उत्पादन सदरमुकाम र अन्यत्र निर्यात हुँदा स्थानीयको आय स्तर उकासिने समेत वरिष्ठ नेता पौडेलेको भनाई थियो । गाउँमा विकास संरचना निर्माण भएसगै गाउँमै बस्ने वातावरण सिर्जना हुने समेत वरिष्ठ नेता पौडेलको भनाई थियो ।

- ADVERTISEMENT -

Advertisement

ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकुष्ण श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा संविधान सभा सदस्य झुलबहादुर आले , प्रदेश सांसद डोवाटे वि.क. ,सरिता गुरुङ, जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले , व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने , नेपाली काग्रेस तनहुँका कार्यवाहक सभापति जितप्रकाश आले , सचिव विश्व वास्तोला , आँबुखैरेनी गाउँपालिका अध्यक्ष गिरबहादुर थापा , जिल्ला समन्वय समिति तनहुँकी उपप्रमुख पवित्रा पौडेल , वडा अध्यक्ष लेखबहादुर राना , नेका जिल्ला सदस्य मोहन गिरी , ऋषिङ गाउँपालिका अध्यक्ष दुर्गाबहादुर राना ,उपभोक्ता समितिका अध्यक्ष थामबहादुर मल्ल लगायतले बोलेका थिए ।

उक्त पुल १ सय ५ मिटर लामो पुल १० करोड , ७१ लाख २ सय ७८ रुपैयाँको लागतमा सम्पन्न भएको थियो ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -