- ADVERTISEMENT -

कांग्रेस बैठकमा विधान मस्यौदा पढ्नै तीन दिन लाग्ने भएपछि

November 26, 2018
967
Shares
- ADVERTISEMENT -

काठमाडौ, मंसिर १० । नेपाली कांग्रेसको संघीय संरचना अनुसार संशोधित तथा परिमार्जित विधान मस्यौदा केन्द्रिय समितिमा पेश भएको छ । विधान संशोधन मस्यौदा समितिका संयोजक महामन्त्री पुर्णवहादुर खड्काले आइतवार बसेको केन्द्रिय समिति बैठकमा उक्त मस्यौदा पेश गर्नुभएको हो ।

मंसिर २८ देखि पुस ३ गतेसम्म हुने महासमिति बैठकमा प्रस्तुत गरिने संशोधित विधानको मस्यौदा अध्ययन गर्न केन्द्रिय सदस्यहरुलाई तीन दिनको समय दिइएको छ । मस्यौदा समितिले प्रस्तुत गरेको संशोधित विधानको प्रस्तावलाई केन्द्रिय समितिले छलफल गरि पारित गर्नुपर्ने हुन्छ ।

- ADVERTISEMENT -

Advertisement

केन्द्रिय समितिमा पेश भएको प्रस्तावित विधानको मस्यौदामा केन्द्रिय समितिको संख्या बढाइए पनि पदाधिकारीको संख्या बढाइएको छैन । प्रस्तावित विधानमा केन्द्रिय कार्य समितिमा सभापति एक महामन्त्री एक र कोषाध्यक्ष एक निर्वाचित तथा एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्री मनोनित गर्ने व्यवस्था गरिएको छ ।

खुल्ला, महिला, प्रदेश, समानुपातिक आधार लगायतबाट महाधिवेशनले १ सय ३ जना केन्द्रीय सदस्य निर्वाचित गर्ने प्रस्तावमा उल्लेख छ । कार्यसमितिको कुल संख्याको २५ प्रतिशत केन्द्रीय सदस्य सभापतिले मनोनित गर्ने व्यवस्था समेत राखिएको छ ।
उक्त मस्यौदामा लगातार २ पटक समानुपातिक आधारमा वा मनोनित भएको सदस्य अर्को केन्द्रिय समितिको समानुपातिक आधारमा हुने निर्वाचनमा उम्मेदवार हुन नपाउने प्रस्ताव गरिएको छ ।

मस्यौदा समितिका संयोजक खड्काका अनुसार टोल कार्यसमिति–गाउँपालिका वडा कार्यसमिति÷नगरपालिका÷उपमहानगर÷महानगर वडा कार्य समिति– गाउँपालिका कार्य समिति,नगरपालिका उपमहानगरपालिका÷महानगरपालिका कार्यसमिति प्रदेश सभा क्षेत्रीय कार्यसमिति– प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति जिल्ला कार्यसमिति तथा कार्यसम्पादन समितिको व्यवस्था गरिएको छ ।

उहाँका अनुसार केन्द्रीय निर्वाचन समिति सम्बन्धी व्यवस्थालाई थप परिष्कृत गरिएको छ । केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानको नाम संशोधन गरी केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान कायम गरिएको छ । काम, कर्तव्य र अधिकार सम्बन्धि थप व्यवस्थाहरु स्पष्ट गरिएको छ । स्थायी सचिवालयको व्यवस्था, सदस्यको संख्या थप गरी ५१ गरिएको छ । केन्द्रीय विभाग ९२८ वटा० प्रदेश विभाग ९२२ वटा० हरूको व्यवस्था गरि केन्द्रीय विभागको सदस्य संख्या ५१ कायम गरी काम, कर्तव्य र अधिकार स्पष्ट गरिएको छ ।

यस्तै अनुशासन समिति सम्बन्धी व्यवस्थालाई थप फराकिलो र व्यवस्थित बनाइएको बताउदै महामन्त्री खड्काले तहगत पुनरावेदनको व्यवस्था सहित केन्द्रीय, प्रदेश र जिल्ला अनुशासन समिति गरि तीन तहको व्यवस्था राखिएको जानकारी दिनुभयो । विद्यमान विधानमा कायम साधारण सदस्यता हटाई “नेपाली कांग्रेसको सदस्य” बनाइएको छ, र नवीकरण पश्चात कांग्रेसको सदस्यलाई क्रियाशील सदस्य भन्ने गरी मस्यौदा तयार पारिएको छ ।
मस्यौदामा केन्द्रीय कार्यसमिति र केन्द्रीय कार्यसम्पादन समितिको संख्यामा परिवर्तन गरिएको छ ।

पार्टीको तर्फबाट सबै तहमा हुने उम्मेदवारको योग्यता, संसदीय समिति, तहगत रुपमा उम्मेदवारको सिफारिस, उम्मेदवारको अनुमोदन र निर्णय सम्बन्धि व्यवस्थालाई विकेन्द्रीत गरि छुट्टै परिच्छेदमा व्यवस्था गरिएको छ ।
पार्टीका सबै तहका कार्यसमितिको सभापति पदको निर्वाचनमा निर्वाचित सभापति पछि दोस्रो बढी मत प्राप्त गर्ने व्यक्ति सम्बन्धित कार्यसमितिको सदस्य हुने व्यवस्था थप गरिएको छ ।

छलफलका लागि केन्द्रिय समितिमा प्रस्तुत गरिएको मस्यौदामा एउटै व्यक्ति पार्टी र भ्रातृ संघ एवं शुभेच्छुक संस्थाको दोहोरो जिम्मेवारीमा रहन नपाउने व्यवस्था थप गरिएको छ ।

उक्त मस्यौदा आइतवारको बैठकमा सबै केन्द्रिय सदस्यलाई उपलब्ध गराइएको जानकारी दिँदै केन्द्रिय सदस्य शिवप्रसाद हुमागाईले मंसीर १३ मा बस्ने केन्द्रिय बैठकमा दफवार छलफल गरिने बताउनुभयो । समाचार नेपाल समाचारपत्रमा छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -