- ADVERTISEMENT -

कांग्रेस पराजयको जिम्मा केन्द्रीय कार्यसमितिले लिने

April 29, 2018
1557
Shares
- ADVERTISEMENT -

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय समिति बैठकले प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पार्टी पराजयको जिम्मेवारी केन्द्रीय कार्यसमितिले लिने समझदारी गरेको छ। निर्वाचनको पराजयको जिम्मेवारी कसले लिने भन्नेमा सभापति शेरबहादुर देउवा पक्ष र असन्तुष्ट पक्षबीच मतविभाजीत भएपछि शनिबारदेखि बैठक बस्न नसकेको हो।

‘पराजयको जिम्मेवारी केन्द्रीय कार्यसमितिले लिने समझदारीसहित प्रस्ताव तयार भएको छ,’ एक केन्द्रीय सदस्यले भने, ‘केही समयभित्र बैठक सुरु हुन्छ ।’

- ADVERTISEMENT -

Advertisement

सभापति देउवासहित निकट नेताहरु केन्द्रीय समितिको हलमा बसी रहेका छन् भने असन्तुष्ट पक्षका नेताहरु रामचन्द्र पौडेलको कार्यकक्षमा छलफलमा जुटेका छन् । सबै विषयहरुमा सहमति नजिक पुगेको जानकारी दिंदै देउवा निकट एक सदस्यले भने, ‘रामचन्द्रजी( रामचन्द्र पौडेल पक्ष) बैठक हलमा प्रेवेससँगै बैठक सुरु हुन्छ।’

पार्टीले लिने निर्णयमा सहमति जुट्न नसक्दा शनिबार बिहान ९ बजेका लागि बोलाइएको बैठक अहिलेसम्म बस्न सकेको छैन । शनिबार साँझसम्म सहमति जुट्न नसक्दा बैठक आइतबार बिहान ९ बजेका लागि सारीएको थियो।

- ADVERTISEMENT -

Advertisement

त्यस्तै, बैठकले भदौमा महासमिति बैठक र जेठमा जिल्ला सभापतिको भेला गर्ने दुबै पक्षबीच सहमति जुटेका छ। सभापति देउवा पक्ष असोजमा महासमिति गर्ने पक्षमा थिए भने असन्तुष्ट पक्ष जेठको अन्तिम वा असारको पहिलो साता महासमिति गर्नु पर्ने अडानमा थिए।

त्यस्तै, बैठकले विधान संशोधन मस्यौदा समितिका साथै कार्यसम्पादन र संसदीय समितिका विषयमा पनि निर्णय लिनेछ। नागिरक न्युज

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -