- ADVERTISEMENT -

कांग्रेस नेता सिटौलाको स्वास्थ्य सुधारोन्मुख, नेता कार्यकर्ता र शुभेच्छुकहरु अस्पतालमा

March 23, 2019
1598
Shares
- ADVERTISEMENT -

काठमाडौं, ९ चैत्र २०७५ । धुम्वराहिस्थित ह्याम्स अस्पतालमा उपचाररत नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको स्वास्थ्य अवस्था बुझ्न कांग्रेस नेता कार्यकर्ताहरु अस्पताल पुगेका छन्।

नेता सिटौलाको स्वास्थ्य अवस्थाबारे कांग्रेस सभापति शेर बहादुर देउवा, उपसभापति विजयकुमार गच्छदार, महामन्त्री शशांक कोईराला, पूर्ण बहहादुर खड्का, पूर्ब महामन्त्री प्रकाशमान सिंह लगायतका नेताहरु अस्पताल पुगेका थिए।

- ADVERTISEMENT -

Advertisement

नेता सिटौलाको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको भेटपछि प्रकाशमान सिंहेल जानकारी दिए। नेता सिटौलाको शनिवार पनि आइसियूमा राखेर उपचार भइरहेको छ। सिटौलालाई शनिवार पनि रगत दिइएको छ।

अचानक स्वास्थ्यमा गडबडी भएपछि उनी शुक्रबार साँझ धुम्बाराहीस्थित ह्याम्स अस्पताल भर्ना भएका थिए । अस्पतालमा परिक्षण लगत्तै सिटौलाको आइसियुमा राखेर उपचार गरिएको थियो।

सिटौलाका सहयोगी किरण सिटौलाका अनुसार चिकित्सकहरुले रगतमा हेमोग्लोबिनको मात्रा कम देखिएको र प्रेसर समेत घटेको बताएका छन् । शुक्रवारको भन्दा स्वास्थ्यस्थित सुधार भइरहेको बताइएको छ।

डा भगवान कोइराला सहितको टिमले उनको उपचार गरिरहेका छन ।

रगतको मात्रा बढाउनका लागि शुक्रवार नेता सिटौलालाई रगत दिइएको कांग्रेस नेता भिमसेनदास प्रधानले जानकारी दिए ।

सिटौलाको स्वास्थ्यलाभको कामना गर्दै उनका शुभेच्छुकहरुले आइतवार ह्याम्स अस्पतालमै वृहत रक्तदान समेत गर्न लागेको नेविसंघका नेता वलदेव तिमिल्सिना जानकारी दिएका छन्।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -