- ADVERTISEMENT -

कांग्रेस नेता तिमिल्सिनाको अनुरोधमा क्यानडा र अमेरिकाबाट विधानलाई १ लाख २६ हजार आर्थिक सहयोग हस्तान्तरण

September 13, 2020
506
Shares
- ADVERTISEMENT -

काठमाडौं, आइतबार, २८ भाद्र २०७७ । नेपाली कांग्रेस संगठन विभागका सदस्य एवम् युवा नेता जन्मजय तिमिल्सिनाको अनुरोधमा ब्लड क्यान्सरको उपचार गराइरहेका विधानलाई क्यानडा र अमेरिकाबाट आर्थिक सहयोग संकलन गरेर पठाएका छन् ।

नेपाली कांग्रेस बर्दियाका जिल्ला सदस्य विजय पुनका ११ वर्षीय छोरा विधान पुनको उपचारका लागि विदेशमा बस्ने नेपाली कांग्रेसका नेता तथा शुभेच्छुकहरूले आर्थिक सहयोग गरेका छन् ।

- ADVERTISEMENT -

Advertisement

उदय दुरा (क्यानडा), निरञ्जन थापा (क्यानडा), सोनम थापा पौडेल (अमेरिका) लगायत ४० जनाले पठाएको १ लाख २६ हजार रुपियाँ कांग्रेस नेता तिमिल्सिनाले शनिबार अस्पतालमा नै पुगेर हस्तान्तरण गरेका हुन् । दुरा र थापा नेपाली जनसम्पर्क समिति क्यानडाका नेता समेत हुन् ।

बर्दिया जिल्लाको गेरुवा गाउँपालिका-६ निवासी ११ वर्षीय बालक विधान पुनलाई दुई–तीन महिनादेखि काठमाडौंको मीनभवनस्थित सिभिल अस्पतालमा ब्लड क्यान्सरको उपचार गराइरहेका छन् । विधानको स्वास्थ्य अवस्था क्रमशः सुधार हुँदै गएको चिकित्सकहरूले जानकारी दिएको उनका बुबा विजय पुनले बताए ।

नेपाली कांग्रेस बर्दियाका जिल्ला सदस्य विजय पुनले भने, ‘विदेशमा रहनुभएका कांग्रेसका शुभेच्छुक र सहयोगी साथीहरूलाई मेरोतर्फबाट विशेष धन्यावाद छ ।’ विजयको उपचार गर्न अझै कम्तीमा छ महिना लाग्नेछ ।

नेपाली कांग्रेस संगठन विभागका सदस्य एवम् युवा नेता जन्मजय तिमिल्सिनाले विदेशमा रहेर पनि स्वदेशमा समस्यामा परेका व्यक्तिहरूलाई सहयोग गर्ने उदय दुरा, निरञ्जन थापा, सोनम थापा पौडेललगायतलाई विशेष धन्यावाद दिए ।

अनुरोध गरेकै आधारमा विदेशमा रहेर पनि स्वदेशमा समस्या परेकालाई सहयोग गर्ने सहयोगी साथीहरूलाई तिमिल्सिनाले धन्याव दिँदै ब्लड क्यान्सरपीडित बालक विधान पुनको स्वास्थ्य लाभको कामना गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -