- ADVERTISEMENT -

कांग्रेस जागरण यात्राका लागि शुभकामना र मेरो सुझाब

April 18, 2019
2757
Shares
- ADVERTISEMENT -

यदुराम सापकोटा, ५ बैशाख २०७६ ।

– बैशाख ११ गतेबाट नेपाली कांग्रेसले जागरण यात्रा सुरु गर्दै छ । कांग्रेस जागरण यात्रामा यसपाली,खादा ब्याज,फुल माला प्रयोग नगर्ने र आसनग्रहण र भाषण छोटो बनाउने निर्णय गरेको छ । यो सर्हानिय छ ,यसलाई सँधैभरी सबै कार्यक्रमहरुमा निरन्तरता दिईयोस् ।

- ADVERTISEMENT -

Advertisement

-बिगतमाजस्तो गाँउभरीबाट कार्यकर्ता जम्मा गरेर शहरमा आम सभा गर्नु भन्दा,गाँउ गाँउ टोल टोलमा जानुहोला । गाँउ टोलमा कांग्रेस कार्यकर्तासंग मात्र हैन, अन्य पार्टीका कार्यकर्ता स्वतन्त्र नागरीकहरु सँग पनि अन्तरक्रियात्मक कार्यक्रमहरु गर्नुहोस् ।

-आमसभा र जुलुसभन्दा बढी घरदैलो गर्नुहोस, घर-घर पुगेर सोध्नुहोस्, जनता कम्युनिस्ट सरकारसँग कति सन्तुस्टी छन, प्रतिपक्षलाई के भन्छन,घर-घर गएर बुझ्नुहोस ! जनतालाई केपी वलीको पानीजहाज र रेल थाहा छ छैन, बिश्वास छ छैन र कांग्रेसको धारणा के हो त्यो बुझ्नुहोस ।

-सामाजिक सञ्जाल चलाउने हामीहरुलाई त थाहा छ, तर सामाजिक सञ्जाल नचलाउने गाँउका बा आमा, हजुरबा हजुरआमाहरुलाई ,वाईडबडी काण्ड,एनसेल भ्रस्टाचार ,महँगी, एनटीसी फोर जी काण्ड, मेलन्ची काण्ड, बलत्कार हत्या हिंसा काण्डले छोएको छ, छैन त्यो पनि बुझ्नुहोस । नँया सरकार बनेपछी जनताले सुरक्षित महसुस गरेका छन की छैनन सोध्नुहोस ।

– नेता ज्युहरु,गाँउ जाँदा हेलिकप्टर चढेर नजानुहोस,सकभर निजी गाडी पनि नचढ्नुहोस,सार्वजनिक यातायात चढेर जनतासँगै कुरा गर्दै जानुहोस । अगाडी पछाडी सुरक्षा कर्मीबाट घेरिएर नजानुहोस। सकभर गाडी नपुगेका ठाँउसम्म पनि हिडेर जानुहोस् । गाँउ जाँदा ठुला होटेलमा बसेर ह्विस्की, बियर र कुखुराका सपेटा नखानुहोस ,गाँउका झुपडीतिर जानुहोस, त्यो झुपडीमा जे पाक्छ त्यही खानुहोस, गरिबहरु बसेका पानी चुहिने छाना मुनी १ /२ रात बिताउनुहोस। गाँउतिर जनताको अवस्था केछ आफ्ना आखाँले बुझ्नुहोस ।

– गाँउघर तिर जाँदा त्यहाँ भेटिने बाबा आमाहरुलाई सोध्नुहोस छोरा छोरी कहाँ कुन देश छन भनेर, के भयो भने देश फर्केर आउलान भनेर बुझ्नुहोस,सोध्नुहोस । देशमा बसेर काम छैन भनेर परदेश हिड्न लागेका युवाहरु को कुरा पनि सुन्नुहोस। गाँउतिर बाझीएका खेतबारी र त्यहाँ को संभावना अवलोकन गर्नुहोस ।

– गाँउतिर बनेका र बन्दै गरेका सडकहरुको अवस्था बुझ्नुहोस, त्यहाँका सार्वजनिक र सरकारी बिधालयको अवस्था बुझ्नुहोस, अस्पताल र स्वास्थ्य संस्थाहरुको अवस्था बुझ्नुहोस। गाँउतिर किसान र मजदुरहरुको अवस्था बुझ्नुहोस।

– जिल्ला पुगेपछी त्यहाँका भातृसंस्थाहरु, शुभेच्छुक संस्थाहरुको अवस्था बुझ्नुहोस, समितीहरु छन छैनन बुझ्नुहोस । समितीमा रहेकाहरु नेपालमै छन कि बिदेस पुगिसके ,गाँउमा छन कि राजधानी छन, गाँउमा छन कि सदरमुकाम छन ,संगठन बनाउन कती समय दिएर खटिएका छन बुझ्नुस,पार्टीका जिल्ला समितीहरु क्षेत्रिय समितीहरु,नगर,वडा ,टोल समितीहरु पुरा भए या भएनन,बिधान अनुसार मनोनित हुनुपर्ने समयमा भए या भएनन बुझ्नुस,भएका छैनन भने किन भएनन भनेर बुझ्नुहोस ।

– स्थानिय निकायका जनप्रतिनीधीहरुसँग जनतालाई सँगै राखेर अन्तरक्रिया गराउनुहोस्, कांग्रेसले जितेका स्थानिय निकाय र कम्युनिस्टले जितेका स्थानिय निकाय सबै बुझ्नुहोस, जनता सन्तुस्ट छन छैनन बुझ्नुहोस, स्थानिय निकायले के गरिदिए हुन्थ्यो भन्ने जनताको चाहाना छ, त्यो पनि बुझ्नुहोस । चुनाब जितेकाहरुले के गर्दैछन, चुनाब हारेकाहरु चुनाब हारेपछी मतदातालाई धन्यबाद दिन फर्के वा फर्केनन त्यो पनि बुझ्नुस ।

– प्रदेश सभा, प्रतिनीधी सभा ,राष्टिय सभामा प्रतिनिधीत्व गरेका कांग्रेस सांसदहरु गाँउमा गएका छन छैनन भनेर बुझ्नुहोस । चुनाबमा हारेकाहरु अहिले कता गए त्यो पनि बुझ्नुहोस ।

– जनजागरण अभियानमा भेटिएका कार्यकर्ताहरु र जनताहरु लाई सोध्नुस ,कांग्रेस को नेत्रित्व कस्तो बनोस् भन्ने कार्यकर्ता चाहान्छन् ?जनतालाई सोध्नुहोस्, कांग्रेसको प्रतिपक्ष भुमिका कस्तो होस् भन्ने चाहान्छन ? अनि स्थानिय कांग्रेस नेता कार्यकर्ता लाई सोध्नुस कांग्रेस नेत्रित्व सँग के कार्यकर्ता सन्तुष्ट छन ?

– गाँउमा भेटिने कार्यकर्ता लाई सोध्नुहोस, तपाई कांग्रेसको कुन गुट को भनेर ,अनि बुझ्नुहुनेछ गाँउतिर गुटको पछाडी हैन चारतारे झन्डा र रुख चिन्ह भनेर दौडिने कार्यकर्ता लाखौ छन,गुट रुचाउदैनन भनेर ।

– यस्तो अभियान १ महिना हैन ४ बर्ष सम्म चलाउनुहोस्।मेरो सल्लाह अब नेताहरु राजधानी हैन जिल्ला जानुहोस्, जिल्ला को सदरमुकाम र शहर हैन गाँउ गाँउ टोल टोल,घर घरमा जानुहोस् ।

अन्तमा:
यस जागरण यात्रालाई शहरका आमसभाहरुमा मात्र सिमित नराख्नुस, जनजागरण लाई जनसंवाद यात्राको रुपमा बदल्नुस । यस जागरण यात्राले कांग्रेस साच्चिकै बलियो बनोस् । कांग्रेस प्रति जनताको आशा छाओस् । कार्यकर्तामा खुशी पैदा होस्।नेता जिल्ला जाँदा कांग्रेसको गुट हैन मात्र कांग्रेस देखियोस्।मेरो शुभकामना । जय नेपाल ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -