- ADVERTISEMENT -

कांग्रेसद्धारा गाउँपालिका प्रमुख-उपप्रमुखलाई प्रशिक्षण

October 18, 2019
976
Shares
- ADVERTISEMENT -

काठमाडौं, १ कात्तिक २०७६ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टीबाट उम्मेदवार भई गाउँपालिका प्रमुख-उपप्रमुखमा विजयी भएका जनप्रतिनिधिलाई आज र भोलि प्रशिक्षण दिँदैछ छ ।

कांग्रेसले उपसभापति विमलेन्द्र निधि संयोजकत्वको केन्द्रीय नीति, प्रशिक्षण प्रतिष्ठानले आजदेखि भक्तपुरस्थित कृषि विकास बैङ्कको तालिम केन्द्रमा ११ बजेबाट प्रशिक्षण सुरु गरेको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जनाए ।

- ADVERTISEMENT -

Advertisement

प्रशिक्षण कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख र सम्बन्धित गाउँपालिका कार्यसमिति सभापतिलाई समेत प्रशिक्षण दिइने उनको भनाइ छ ।

प्रशिक्षणलाई पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेताहरुले उद्घाटन गरेका हुन् ।

प्रशिक्षण प्रतिष्ठान प्रमुख पार्टी सभापति विमलेन्द्र निधि, प्रतिष्ठानको कार्यकारी निर्देशक पुरुषोत्तम दाहाल र पार्टी निकट वुद्धिजिवीहरुले २ दिनसम्म प्रशिक्षण दिने छन् ।

प्रशिक्षणमा वर्तमान राजनीतिक परिवर्तन र संविधानका मौलिक तत्वहरु, पालिका तहका अधिकार र कर्तव्य, गाउँपालिका, प्रदेश र संघबीचको सम्बन्ध र साझा अधिकार, योजना र बजेट तर्जुबारे प्रशिक्षण दिइने प्रतिष्ठानका कार्यकारी निर्देश दाहालले जनाएको छ ।

यस्तै स्थानीय तहमा निर्वाचित र स्थानीय पार्टी इकाई कार्यसमितिसँग समन्वय, आगामी निर्वाचनहरुका लागि आधार निर्माण, स्थानीय तहमा निर्वाचितहरुले सामना गरिरहेका समस्याहरु, पार्टीे विधानका साथै राजनीतिक र आर्थिक नीतिहरुबारे संक्षिप्त जानकारी र संघीय सरकारका असफलताबारे पनि प्रशिक्षणका एजेण्डा बनेको उनले जनाए ।

काँग्रेसले केही महिना पहिले सात वटै प्रदेशमा महाधिवेशन प्रतिनिधिलाई प्रशिक्षण दिएको थियो । यस्तै गत वर्ष प्रतिष्ठानले पार्टीबाट नगरपालिकामा निर्वाचित मेयर र उपमेयरहरुलाई प्रशिक्षण दिएको थियो ।

देशभरका ३ सय ९७ ठाउँमा कांग्रेसबाट उम्मेदवार भएकाहरूले चुनाव जितेका थिए ।

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -