- ADVERTISEMENT -

कांग्रेसको प्रशिक्षण कर्णाली प्रदेशमा सुरु

August 22, 2019
915
Shares
- ADVERTISEMENT -

सुर्खेत, ५ भाद्र २०७६ । कर्णाली प्रदेशस्तरीय नेपाली कांग्रेसको प्रशिक्षण कार्यक्रम प्रदेश राजधानी सुर्खेतमा सुरु भएको छ ।

केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा भएको प्रशिक्षण कार्यक्रमको वरिष्ठ नेता रामचन्द्र पौडेलले उद्घाटन गरेका छन् ।

- ADVERTISEMENT -

Advertisement

गण्डकी प्रदेश र ५ नम्बर प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न भइसकेका छन् । कार्यक्रममा कर्णाली प्रदेशका सबै जिल्लाका महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यहरुको सहभागिता रहेको छ ।

कार्यक्रममा केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख एवम् उपसभापति विमलेन्द्र निधि, सहमहामन्त्री डा. प्रकाशशरण महत, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु बलबहादुर केसी, हृदयराम थानी, रामकृष्ण यादव, दिपक गिरी, जीवनबहादुर शाहीलगायतको सहभागिता रहेको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -