- ADVERTISEMENT -

कांग्रेसका केन्द्रीय सदस्य डा.चन्द्र भण्डारीले यसपालिको बडा दशै मनाए

October 9, 2019
853
Shares
- ADVERTISEMENT -

गुल्मी, २२ असोज २०७६ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.चन्द्र भण्डारीले यसपालिको बडा दशै पनि गुल्मी दरवार गाँउपालिका १ को बोटे माझी गाँउमा मनाएका छन् ।

गुल्मी दरवार गाँउपालिका १ का अति सिमान्तकृत बोटे माझी समुदायका बस्तीमा पुगेर २०७६को बडा दशैं मनाएका हुन् । समुदायमा गएर दशैं मनाएको भण्डारीको यो छैठौं दशैं हो।

- ADVERTISEMENT -

Advertisement

समुदायमा दशैं मनाउने क्रममा डा भण्डारीले करिव ५ सय जना बोटे माझीहरुलाई टिका दक्षिणा र महिलाहरुलाई नयाँ बस्त्र प्रदान गरेका थिए।

दशैंका अवसरमा गुल्मी दरवार गाँउपालिका १ को माझी प्राथमिक विद्यालय र नरहरि माध्यमिक विद्यालय तथा चन्द्रकोट गाँउपालिका ८ को ज्ञानोदय उच्च माध्यमिक विद्यालयमा अध्ययन गर्ने बोटे माझी र कुमाल समुदायका करिव २ सय ५० विद्यार्थीहरुलाई भण्डारीले टिका, दक्षिणा र आर्शिवाद सहित शैक्षिक सामग्री पनि प्रदान गरे।

- ADVERTISEMENT -

Advertisement

माझी प्राविका शिक्षक अभिभावक संघका अध्यक्ष होम बहादुर माझीका अनुसार भण्डारीले स्थानिय ९० बर्षीया मन कुमारी बोटे माझीको हातबाट टिका लगाएका थिए।

भण्डारीले बुधवार भने झेर्दी र बम्घाका बोटे दलित समुदायका बीचमा दशैंको मनाउने कार्यक्रम रहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -