- ADVERTISEMENT -

कबिलास रिसोर्ट नमुना रिसोर्ट

December 20, 2018
2606
Shares
- ADVERTISEMENT -

कालिका, ५ पौष २०७५ । नेपालको सबैभन्दा बढी आर्थिक सम्भाव्यता रहेको प्रदेशको रूपमा ३ नम्बर प्रदेशलाई चिनिएको छ । जलविद्युत, कृषि, उद्योग र धार्मिक पर्यटनको विकास तथा सुधार गर्न सकेमा प्रदेश ३ ले अर्थ क्षेत्रमा परिवर्तन ल्याउने सम्भावना उच्च छ ।

पर्याप्त पर्यटन विकासको सम्भावना रहेको प्रदेश नम्बर ३ मा अवस्थित चितवन मुलुककै तेस्रो पर्यटकीय गन्तव्य पनि हो । यहाँ नयाँ नयाँ होटल तथा रिसोर्टहरुको निमार्ण कार्यले पनि उत्तीकै तिब्रता पाएको छ ।

- ADVERTISEMENT -

Advertisement

यसै क्रममा चितवन जिल्लाको भरतपुर महानगरपालिका–२९ स्थित कविलासमा कबिलास रिसोर्ट एण्ड फनपार्क आंशिक रुपमा संचालनमा आएको छ । आगामी बैशाख देखि फनपार्क एंव अन्य सेवा सहित पुर्णरुपमा संचालनमा आउने कबिलास रिसोर्ट प्रा.लि.का अध्यक्ष ई. बाबुराम उपाध्यायले जानकारी दिनुभयो ।

रिसोर्ट सम्भवत नेपालकै ठुलो क्षेत्रफलमा फैलिएको रिसोर्ट भएको उहाँको दावी छ । यसलाई आगामी दिनमा देशकै नमुना रिसोर्टको रुपमा विकास गर्ने योजना उपाध्यायको छ ।सम्भवत नेपालकै ठुलो क्षेत्रफल ४० बिगाहमा फैलिएको रिसोर्ट पुग्न नारायणगढबाट जम्मा १२ किलोमिटरको यात्रा गर्नुपर्ने हुन्छ ।

समुन्द्री सतह देखि ५९० मिटरको उचाईमा रहेको र नारायणढमा भन्दा ६ देखी ७ डिग्री तापक्रम फरक पर्ने रिसोर्ट पुग्दा निकै एकान्त अनि शान्त बातावरण भएको ठाउँ अर्थात पहाडमै पुगेको महसुस हुने भएकाले समेत पछिल्लो समय कबिलास रिसोर्ट एण्ड फनपार्क पुग्नेको संख्या दिन प्रतिदिन बढिरहेको छ ।

गेष्ट हाउस, रेष्टुरेन्ट युकेण्ड हाउस ,सेमीनार हल , फन पार्क एनिमल, फर्म कृर्षि फर्म वाटर पार्क, पिकनिक स्पोट लगाएतका विभिन्न सुविधाहरु रिसोर्टमा रहेका छन । बालक देखि बृद्वसम्म सबैले खेल्न रमाउन सक्ने अनि शुल्क पनि नेपालीको लागी उपयुक्त भएकाले समेत यो रिसोर्ट प्रतिको आर्कषण बढेको सहज अनुमान गर्न सकिन्छ ।

४० बिगाहाको बिशाल क्षेत्रफल , आफ्नै फर्ममा उत्पादन गरिएका अर्गानिक खानाका परिकार , अत्यन्त सुन्दर भौगोलिक अवस्था , मनोरम वातावरण , नारायणढबाट अत्यन्त निकट तथा धेरै टाढा पहाडमै पुगेको अनुभुति हुने यहाँको विशेषता रहेका छन् । रिसोर्ट बाट चितवनको मुख्य–मुख्य बजार तथा देबधाट धामको मनोरम दृष्य अवलोकन गर्ने सकिने , अत्याधुनिक फन पार्क जस्ता विशेषताहरु रिसोर्टका सबल पक्षहरु हे । बसाईको जीवन्त अनुभुति एवम् फरक अनुभवको लागी एक पटक पुग्नै पर्ने ठाँउ कबिलास रिसोर्ट एण्ड फन पार्क ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -