- ADVERTISEMENT -

एनआरएनए, आइसीसी का अध्यक्ष कुमारपन्त र प्रधानमन्त्री केपी शर्मा ओलीबिच भेटबार्ता

January 28, 2020
603
Shares
- ADVERTISEMENT -

काठमाडौं, १४ माघ २०७६ । गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए, आइसीसी) का अध्यक्ष कुमारपन्तले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी संघको कामबारे जानकारी गराउनु भएको छ । पन्तले आइतवार प्रधानमन्त्री ओलीसँग भेट गर्नुभएको हो ।

करिब एक घण्टाको भेटमा गैरआवासीय नेपाली समुदायको चासो र सरोकारका विषयमा विस्तारमा छलफल भएको पन्तले बताउनु भयो ।

- ADVERTISEMENT -

Advertisement

सोही अवसरमा पन्तले गैरआवासीय नेपाली नागरिकतासम्बन्धी कानुन संसदबाट पारित गर्न भइरहेको ढिलाइप्रति उहाँको ध्यानाकर्षण गराउनु भएको छ । यसैगरी दोस्रो विश्व गैरआवासीय नेपाली ज्ञानसीप सम्मेलन तथा गैरआवासीय नेपालीको सामूहिक लगानी कोषको तयारीका बारेमा पनि छलफल भएको छ ।

‘हाम्रा चासो र सरोकारप्रति उहाँले आफू सकारात्मक रहेको बताउनुभएको छ । वैदेशिक रोजगारीमा रहनुभएका श्रमिकको हितका निम्ति स्थापित कल्याणकारी कोष वृद्धि गर्न संघले गरेको पहलप्रति उहाँको विशेष चासो थियो र त्यसमा नीतिगत सहजताका निम्ति सघाउने वचन पनि दिनुभएको छ,’ भेटपछि पन्तले भन्नुभयो ।

- ADVERTISEMENT -

Advertisement

अध्यक्ष पन्तले प्रधानमन्त्री ओलीले दिनुभएको समय र व्यक्त गर्नुभएको चासो एवं सदाशयप्रति हार्दिक आभार व्यक्त गर्नुभएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -