- ADVERTISEMENT -

एक कप पानीको ५० रुपैयाँ…

December 8, 2018
1103
Shares
- ADVERTISEMENT -

धान्द्रुक, मङ्सिर २२ गते शनिबार । घोडेपानी–पुनहिल पदमार्गमा रहेका होटेल तथा रेस्टुरेन्टले पदयात्रामा जाने पर्यटकसँग खानाको चर्को मूल्य लिइरहेका छन् । सम्बन्धित निकायले यहाँका होटेल तथा रेस्टुरेन्टमा नियमित अनुगमन नगर्दा होटेलैपिच्छे खानाको मूल्य फरक र चर्को छ । खाना मात्रै होइन, होटेलहरूले एक घन्टा मोबाइल चार्ज गरेबापत ५० देखि एक सय रुपैयाँसमेत लिने गरेका छन् ।

पोखराबाट धान्द्रुकसम्म मोटरबाटो पुगेको छ । यहाँबाट करिब चार घन्टा हिँडेपछि देउराली र यहाँबाट पनि करिब ५ घन्टा हिँडेपछि घोडेपानी हुँदै पुनहिल पुग्न सकिन्छ । म्याग्दीको उल्लेरीबाट जाँदा उल्लेरीसम्म मोटरबाटो छ । यहाँबाट करिब ३ देखि ४ घन्टाको हिँडाइपछि घोडेपानी हुँदै पुनहिल पुगिन्छ ।

- ADVERTISEMENT -

Advertisement

पदमार्गमा रहेका होटेल तथा रेस्टुरेन्टले भने मोटरबाटो नभएको र धान्द्रुकदेखि हरेक सामान बोकेर ल्याउन महँगो पर्न गएको बताएका छन् । सामान ढुवानी गर्दा धेरै मूल्य तिर्नु परेकाले अलि मूल्य महँगो हुन गएको उनीहरूको भनाइ छ । धान्द्रुक र घोडेपानी बाहेक पदयात्रामार्गमा रहेका अधिकांश होटेल तथा रेस्टुरेन्टहरू सार्वजनिक स्थलमा छन् ।

वातावरणमा प्रभाव पर्ने भन्दै अन्नपूर्ण संरक्षण क्षेत्र (एकयाप) ले घान्द्रुक देखिमाथि मिनरल वाटरको बोतल लैजान रोक लगाएको छ । यही मौका छोपेर यहाँका होटेल तथा रेस्टुरेन्टले स्थानीय धाराको पानी फिल्टर गरी बोतलमा भरेर एक सय रुपैयाँमा बेच्ने गरेका छन्  नयाँ पत्रिकामा खबर छ । करिब एक साता अघि त्यस क्षेत्रको भ्रमणमा गएका पर्यटन बोर्ड पोखराका प्रशासन एवं कार्यक्रम अधिकृत प्रदीप गैरेले होटेलहरूले खानामा अत्यधिक मूल्य लिइरहेको स्वीकारे ।

सम्बन्धित निकायले अनुगमन गरी मूल्यमा एकरूपता गर्नुपर्ने उनको भनाइ छ । उनले भने, ‘उचाइ अनुसारको ढुवानी लागत हेरी खानाको मूल्य निधारण गर्न आवश्यक छ ।’अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना घान्द्रुकका प्रमुख विदुर कुइँकेलले यहाँका होटेलहरूको मेनुमा रहेको मूल्य हेरेर मात्रै खाना खान सुझाब दिए । पहिला नै मूल्य तय गरेर खाना खाँदा पछि झगडा नहुने उनको भनाइ छ  ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -