- ADVERTISEMENT -

इञ्जिनियर्श एशोसियन चुनाव

December 11, 2018
884
Shares
- ADVERTISEMENT -

काठमाडौँ, २५ मङ्सिर २०७५ । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राजनीतिक व्यवस्था स्थापना भई संघ, प्रदेश र स्थानीय तह गरी तीनै तहका सरकारहरु गठन भईसकेको र देश “समृद्ध नेपाल, सुखी नेपाली” को राष्ट्रिय दुरदृष्टिका साथ अगाडि बढिरहेको छ ।

देशका लागि यो राजनीतिक अग्रगमन र अग्रगति ऐतिहासिक उपलब्धी हो । त्यसैको आलोकमा नेपालका इन्जिनियरहरुको साझा संस्था नेपाल इन्जिनियर्स एशोसियसनको संगठनात्मक संरचनालाई परिमार्जन गरी नेपाल इन्जिनियर्स एशोसियसनको ३२ औं केन्द्रीय कार्यकारिणी र प्रदेशहरुको प्रथम कार्यकारिणी समितिको निर्वाचनको संघारमा यतिखेर हामी उपस्थित भएका छौं ।

- ADVERTISEMENT -

Advertisement

“ज्ञान नै शक्ति, श्रम नै भक्ति”, नेपाल इन्जिनियर्स एशोसियसनको यो आदर्श वाक्यलाई स्मरण गर्दै पेशागत आदर्शलाई सर्वोपरि राखेर हामी उद्धघोष गर्न चाहन्छौं कि उम्मेदवारीका क्रममा लोकतान्त्रिक प्रकृयाको उच्चतम अभ्यास,सर्वसम्मति र उच्चतम पेशागत आदर्शको मान्यताका साथ उम्मेदवारी घोषणा गरेका छौं ।

यो निर्वाचनले ऐतिहासिक महत्व बोकेको छ । केन्द्रमा १८ जना र प्रदेशमा १६ जनाका दरले (जसमा एकजना केन्द्रीय समितिका लागि सदस्य समेत समावेश छन) ७ वटै प्रदेशका लागि ११२ गरी कुल १३० पदाधिकारी एवं सदस्यका लागि यस पटक २०७५ साल मंसीर २८ गते निर्वाचन हुन गईरहेको छ । इन्जिनियर समुदायका निम्ति मुलुकको समृद्धि र विकास सर्बोपरी विषयहरु हुन् भन्ने यथार्थलाई आत्मसात गर्दै यो ऐतिहासिक निर्वाचनमा प्रगतिशील इन्जिनियर समूह (पीन) बाट नेपाल इन्जिनियर्स एशोसियसनको निर्वाचनमा उम्मेदवारी दिएका छौं ।

- ADVERTISEMENT -

Advertisement

मुलुकको विकास र जनताको समृद्धिको निम्ति तीव्र आर्थिक विकासको सपना साकार पार्ने राष्ट्रिय अभियानलाई साथ दिनको लागि सम्पूर्ण इन्जिनियर मतदाताहरुले नेपाल इन्जिनियर्स एशोसियसनको ३२ औं कार्यकारिणीको निर्वाचनमा आदरणीय व्यक्तित्व प्रा।डा। त्रिरत्न बज्राचार्यको नेतृत्वमा प्रगतिशील इन्जिनियर समूह ९एभ्ब्ल्० को तर्फबाट उम्मदेवार रहनुभएका सम्पूर्ण उम्मेदवारहरुलाई भारी मतका साथ विजयी बनाउनुहुनको लागि हामी विनम्र अनुरोध गर्दै आम इन्जिनियरहरुलाई निम्नानुसारका प्रतिवद्धताहरु व्यक्त गर्न चाहन्छौं ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -