- ADVERTISEMENT -

आङ छिरिङ शेर्पाको सम्झनामा रक्तदान

February 27, 2020
891
Shares
- ADVERTISEMENT -

काठमाडौं, १५ फागुन । यती समूहका संस्थापक प्रवन्ध निर्देशक स्वर्गीय आङ छिरिङ शेर्पाको सम्झनामा यती समूहका कर्मचारीहरुले रक्तदान गरेका छन् । शेर्पाको पहिलो वार्षिक पुण्यतिथिमा यती एअरलाइन्सले केन्द्रीय कार्यालयमा आज रक्तदान कार्यक्रम आयोजना गरेको थियो ।

नेपालमा वायुसेवा विस्तार र प्रवद्र्धनमा शेर्पाको नाम अग्रसूचीमा आउँदछ । वरिष्ठ पर्यटन व्यवसायी शेर्पाको गत वर्ष ताप्लेजुङ्ग हेलिकप्टर दुर्घटनामा निधन भएको थियो । दुर्घटनामा आङछिरिङ शेर्पासँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारी लगायत ७ जनाको निधन भएको थियो ।

- ADVERTISEMENT -

Advertisement

शेर्पाको सम्झनामा रक्तदान गर्नुपूर्व १ मिनेट मौनधारण गरिएको थियो । सो पश्चात् खादा र पुष्पगुच्छा चढाई सबैले श्रद्धाञ्जली अर्पण गरेका थिए । यती एअरलाइन्सका कार्यकारी अध्यक्ष लाक्पा सोनाम शेर्पा, प्रमुख कार्यकारी अधिकृत उमेशचन्द्र राई, उपप्रबन्ध निर्देशक नोर्बु छिरिङ शेर्पा, श्रुजना श्रेष्ठ शेर्पा लगायत १७९ जना कर्मचारीहरुले समेत रक्तदान गरी स्व.शेर्पाको स्मरण गरे ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -