- ADVERTISEMENT -

आईफोनको बारेमा भ्रामक विज्ञापन गरेपछि एप्पललाई डेढ अर्ब जरिवाना

December 1, 2020
539
Shares
- ADVERTISEMENT -

काठमाडौं,सोमबार, १६ मङ्सिर २०७७ । गलत विज्ञापन गरेर ग्राहकलाई झुक्याएको भन्दै इटालीको एन्टिट्रस्ट अथाेरिटीले एप्पललाई कारबाही गरेको छ ।

कम्पनीले आईफोनसम्बन्धी ‘आक्रामक र भ्रामक’ व्यवसायिक विज्ञापन बनाएर ग्राहकलाई झुक्याएको भन्दै एक करोड युरो अर्थात् एक अर्ब ४२ करोड रुपैयाँ बराबरकाे जरिवाना गरिएको हो ।

- ADVERTISEMENT -

Advertisement

नियामकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कम्पनीले धेरै आईफोन मोडेलहरू वाटर रेसिस्टेन्ट अर्थात् पानी नछिर्ने भएकाे भनेर विज्ञापन गरेको छ । तर, केही खास परिस्थितिमा बाहेक विज्ञापन अनुसार नपाइएकाले कारबाही गरिएको हो ।

यसका साथै एप्पलकाे वारेन्टी सम्बन्धी शर्त पनि भ्रामक रहेकाे बताइएकाे छ । तरल पदार्थले क्षतिग्रस्त भएका आईफोन एप्पलले मर्मत गर्न नसकेकाे पनि साे विज्ञप्ति उल्लेख गरिएकाे छ ।

-एजेन्सीकाे सहयाेगमा

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -