- ADVERTISEMENT -

आँबुखैरेनीको छिम्कश्वरीमा पर्यटन महोत्सव हुने

January 10, 2020
1149
Shares
- ADVERTISEMENT -

आँबुखैरेनी, २५ पौष २०७६ । नेपाल भ्रमण वर्ष २०२० को अवसरमा तनहुँको आँबुखैरेनीमा रहेको चर्चित धार्मिक स्थल छिम्केश्वरीमा पर्यटन महोत्सव हुने भएको छ ।

नेपाल भ्रमण वर्षको शुभारम्भ गर्ने क्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिर बहादुर थापाले छिम्केश्वरीमा पर्यटन महोत्सव आयोजना हुन लागेको बताउनु भयो । फागु पूर्णिमाको बेलामा छिम्केश्वरीमा पर्यटन महोत्सवको आयोजना गर्ने तयारी भईरहेको बताउनु भयो ।

- ADVERTISEMENT -

Advertisement

पर्यटन वर्ष २०२० को अवसरमा गाउँपालिकाले पर्यटकलाई फुलमालाले स्वागत गर्दै सुरुवात गरेको छ । जनवरी १ तारिखको दिन आँबुखैरेनी गाउँपालिका ४ पुलजीपमा काठमाण्डौबाट आउदै गरेको करिब ३ सय जना आन्तरिक तथा बाह्य पर्यटकलाई अबिर लगाउदै फुलमाला सहितले स्वागत गरेको थियो ।

आँबुखैरेनी भ्रमण गर्न आउनु भएका पर्यटकहरुलाई गाउँपालिका अध्यक्ष गिर बहादुर थापा, उपाध्यक्ष पुष्पादेवी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपाने लगायतले स्वागत गर्नुभएको थियो । विभिन्न जातजातिका भेषभुषा सहित विभिन्न संघ संस्था सहभागी स्वागत कार्यक्रममा नाँचगान र झाँकी समेत प्रस्तुत गरिएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -