- ADVERTISEMENT -

अहिलेकै अवस्थामा गाडी चलाउन सकिँदैनः उपाध्यक्ष प्रजापति

July 15, 2020
1383
Shares
- ADVERTISEMENT -

काठमाडौं, बुधबार, ३१ असार २०७७ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष सानुकाजी प्रजापतिले अहिलेकै अवस्थामा सार्वजनिक सवारीका साधन सञ्चालन गर्न समस्या रहेको भन्दै सरकारले आफूहरुको मागको सम्बोधन हुनुपर्नेम जोड दिएका छन् ।

‘अहिले कोरोना कायम छ । यस्तो बेलामा गाडी चलाउँदा पर्याप्त स्वास्थ्य सुरक्षा सावधानी अपनाउनु पर्ने हुन्छ । अर्कोतिर लामो समयदेखि गाडी ग्यारेजमा रहेकाले मर्मत नगरी सञ्चालन गर्न सक्ने अवस्था पनि छैन’, उनले भने, ‘हामीले बैंकको किस्ता, ५ प्रतिशत ब्याजदरमा ऋण लगायतका विषय सम्बोधन गरिदिन सरकारसँग आग्रह गरेका छौं, त्यो पूरा नभएसम्म गाडी सञ्चालन गर्न सक्ने अवस्था नै छैन ।’

- ADVERTISEMENT -

Advertisement

उनले अहिले पर्याप्त स्वास्थ्य सुरक्षा अपनाउन खर्चिलो हुनेहुँदा यसका लागि सरकारले आवश्यक व्यवस्था र सहजीकरण गरिदिनुपर्नेमा जोड दिए । यातायात सञ्चालनका क्रममा कुनै कमजोरी हुन पुगे पछि यातायात व्यवसायीले कोरोना फैलाए भन्ने आरोप आउन सक्ने भन्दै उनले यातायात सञ्चालनका लागि पूर्णतयारी जरुरी रहेको बताए ।

‘व्यवसायीलाई गाडी मर्मत गरेर निकाल्न नै समस्या रहेको अवस्थामा सेनिटाइजर, पीपीईलगायतको व्यवस्था गर्न समस्या छ । यसका लागि सरकारले पहल गर्नुका साथै चालक, सहचालकको स्वास्थ्य बिमालगायतका कुरा पनि छ, हामीलाई अहिले पैसा कमाउनु परेको होइन’, उनले भने ।

सरकारले छोटो दूरीका सार्वजनिक यातायात खुलाउने निर्णय गरेपनि अधिकांश यातायात व्यवसायी गाडी चलाएका छैनन् ।

उनीहरुले सवारी चालक र सहचालकको स्वास्थ्य सुरक्षाको ग्यारेन्टीको माग गरेका छन् । साथै लकडाउन अवधिमा बैंकमा बुझाउनुपर्ने व्याज नलिन, बैंकको किस्ता तिर्ने समय बढाउनुपर्ने, गाडी मर्मत गर्न ५ प्रतिशत ब्याजदरमा कर्जा दिनलगायतका माग पनि अघि सारेका छन् ।

यातायात व्यवसायीहरु आफ्नो माग पूरा गराउन सरकारका प्रतिनिधिसँग छलफलमा जुटिरहेको भएपनि हालसम्म सहमति भइसकेको छैन।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -