- ADVERTISEMENT -

असोज १५ बाट दशैँको टिकट बुकिङ खोल्ने तयारी

September 15, 2020
1075
Shares
- ADVERTISEMENT -

काठमाडौँ, मंगलबार, ३० भाद्र २०७७ । सरकारले असोज ५ गतेबाट लामो दुरीका सार्वजनिक यातयात खुलाउने निर्णय गरेको छ । यससंगै दशैँको लागि टिकट बिक्री असोज १५ बाट खुला गर्ने तयारी भइरहेको छ ।

निषेधाज्ञा खुलेपनि कोरोना संक्रमणको दर दिनप्रति दिन बढिरहेको छ । संक्रमणको जोखिम कम होस भनेर यातयात व्यवस्था विभागले टिकट काटने व्यवस्था अनलाइन बाट नै मिलाउने तयारी भएको छ ।

- ADVERTISEMENT -

Advertisement

दशैँको लागि हरेक वर्ष २५ लाख सर्वसाधारणले उपत्यका छोड्ने गरेका छन् । अघिल्लो वर्षहरुमा फुलपातीदेखि नै चहलपहल शून्य र सुनसान हुने गरेको थियो । यो वर्ष भने कोरोना संक्रमणको कारणले गर्दा सुरुवातदेखि नै उपत्यका छोडने सङख्यामा उल्लेख्य वृद्धि आएको छ । यो वर्ष करिब १२ लाखको हाराहारीमा सर्वसाधारण उपत्यका बाहिरिन सक्ने ५० प्रतिशत सर्वसाधारणको सङख्यामा कमी आउने व्यवसायीहरुले आँकलन गरेका छन् ।

संक्रमणको संख्या बढदै जाँदा थप जोखिम नहोस भनेर सार्वजनिक यात्रुवाहक सवारीको सिट क्षमताको ५० प्रतिशत मात्रै यात्रु बोक्न पाउने व्यवस्था विभागले गरेको छ । कमाई हुने समयमा ५० प्रतिशत मात्रै यात्रु बोक्दा व्यवसायीलाई घाटा हुने भन्दै विभागले औषत मूल्यको ५० प्रतिशतसम्म भाडादर बढाउन सक्ने ब्यवस्था गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -