- ADVERTISEMENT -

अशोक शर्माको चलचित्र ‘रातो टिका निधारमा’ मा ‘जय भोले’ टिम नै रहने यस्तो संकेत

October 28, 2018
1424
Shares
- ADVERTISEMENT -

इटहरी,कार्तिक ११ ।

यसपालिको दशैंको फूलपातीको दिनबाट प्रदर्शनरत चलचित्र ‘जय भोले’ टिमका केही कलाकारका साथमा निर्देशक तथा निर्माता अशोक शर्मा यतिबेला पुर्वका हल अवलोकन तथा पत्रकार भेटघाट कायक्रममा व्यस्त छन् ।

- ADVERTISEMENT -

Advertisement

शनिबार विराटनगर तथा इटहरीका मल्टिप्लेक्स हलहरु अवलोकनसँगै पत्रकार सम्मेलन गरेका थिए । सम्मेलनमा अशोक शर्माले घोषणा गरेको अर्को फिल्म ‘रातो टिका निधारमा’ मा पनि यही ‘जय भोले’ टीम नै रहने संकेत गरेका छन् । लामो समयको अन्तरालपछि आफूले ल्याएको चलचित्र राम्रो भएको र दर्शकहरुले रुचाएसँगै राम्रो व्यापार गर्न सफल भएको दावी गरेका छन् ।

चलचित्र ‘जय भोले’ का कलाकार खगेन्द्र लामिछाने, बुद्धि तामाङ्ग, लक्ष्मी गिरी साथै निर्माता निर्देशक अशोक शर्मा लगायतको उपस्थिति थियो । रातो टिका निधारमा को स्क्रिप्टको तयारी भने तिहारपछि मात्र सुरु हुने निर्देशक शर्माले बताएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -