- ADVERTISEMENT -

अल्टिच्युड एयरको हेलिकप्टर धादिङमा दुर्घटना

September 8, 2018
1842
Shares
- ADVERTISEMENT -

काठमाडौं, भदौ २३

गोरखाको सामागाउँबाट ५ जना नेपाली र एक जापानी नागरिकसहित ६ जना यात्रु बोकेर उडेको अल्टिच्युड एयरको हेलिकप्टर धादिङमा दुर्घटनामा परेको छ । अल्टिच्युड एयरका अनुसार, शनिबार बिहान ८ बजेर ५ मिनेटपछि हेलिकप्टरको टावरसँगको सम्पर्क टुटेको थियो । उक्त हेलिकप्टर क्याप्टेन निश्चल केसीले उडाएका थिए ।

- ADVERTISEMENT -

Advertisement

कल साइन ९एन–एएलएसको हेलिकोप्टरमा जापानी नागरिक हिरोमी कोनाफी, रामेछापका डिल्ली बहादुर गुरुङ, दोलखाका हिरा सेर्पा, खोर्का चुमनुब्री गाउँपालिका–२ ल्हो आनि डोल्पा डिकि, साम्दोका छोवाङ नुर्बु र सिन्धुपाल्चोकका सुनिल तामाङ सवार रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी बिमल बस्नेतले जानकारी दिनुभयो । ‘हेलिकप्टर धादिङको कुनै गाउँमा अवतरण भएको आशंका छ, हामी लोकेसन पत्ता लगाउँदै छौं, कम्पनीको अर्को हेलिकप्टर लिएर खोजीमा रहेका अल्टिच्युडका सञ्चालक सीताराम सापकोटाले जानकारी दिनुभयो । काठमाडौं विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार, यो हेलिकप्टर ८ बजेर १८ मिनेटमा काठमाडौं आइपुग्नुपर्ने समय थियो । घटनास्थल धादिङको रिम्झी आसपासमा रहेको अनुमान गरिएको छ । यो हेलिकप्टर एयबस कम्पनीको बिथ्रीई भर्सनको हो । अल्टिच्युडले २ वर्षअघि यसलाई कार्गोमार्फत ल्याएर यतै एसम्बल गराएको थियो ।

स्थानीय बासिन्दामार्फत नुवाकोट र धादिङको सिमाना मोघाङ गाउँपालिका १ र २ को बीचमा पर्ने बसन्ते जंगलमा देखिएको सूचनाका आधारमा धादिङको दार्का प्रहरी चौकी र नुवाकोटबाट प्रहरी टोली खटाएको एसपी डम्बरबहादुर विकले बताउनु भयो । काठमाडौं विमानस्थलका प्रवक्ता प्रताप बाबु तिवारीकाअनुसार उद्धारकालागि गएकोअल्टिच्युडको अर्को हेलिकप्टर मौषमको खराबीका कारण घटनास्थलमा अवतरण गर्न नसकेर फर्किएको छ । घटनास्थल नजिकैको चौकीबाट प्रहरी परिचालन गरिएको छ । तर उनीहरु घटनास्थल पुगिसकेका छैनन ।

तिवारीका अनुसार, स्थानीय प्रहरी चौकीदेखि घटनास्थल २ घण्टाको दुरीमा रहेको अनुमान छ । काठमाडौंबाट सेनाको हेलिकप्टर पठाउने तयारी भइरहेको छ । खोजी तथा उद्धारकालागि काठमाडौंबाट बिहान गएको अल्टीच्यूटको हेलिकप्टर खराब मौसमका कारण त्यहा बस्न नसकेर काठमाडौं आइर फेरि फर्केर दोस्रोपटक गएको छ । मेघाम गाउँपालिका–४ अध्यक्ष कमलबहादुर तमाङका अनुसारज‌ंगलमा पड्किएको आवाज आएको गाँउलेले सुने पनि कुहिरो लागेका कारण केही देख्न नसकिएको बताउनु भयो । गाँउलेहरु खोजीमा गइरहेको उहाले बताउनु भयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -