- ADVERTISEMENT -

अमेरीकाको न्यूयोर्कमा वृहत रक्तदान कार्यक्रम सम्पन्न

January 8, 2019
1330
Shares
- ADVERTISEMENT -

न्युयोर्क, २४ पौष २०७५ । ४३औं राष्ट्रिय एकता एवं मेल-मिलाप दिवसको उपलक्ष्यमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ |

नेपाली काॅग्रेसको प्रवासमा रहेको संस्था जनसम्पर्क समिति अमेरिका लंगआईलेण्ड च्याप्टर न्यूयोर्क द्वारा Hicksville मा आयोजित वृहद रक्तदान कार्यक्रममा ८६ जना रक्तदाताहरूले रक्तदान गर्नु भएको थियो ।

- ADVERTISEMENT -

Advertisement

जनसम्पर्क समिति अमेरिकाका महा-सचिव munindra negmang पूर्व संयोजक विष्णु सुवेदी, जनसम्पर्क समिति अमेरिकाका नेता बेद खरेल, लडईडल्याड च्यापटर सभापति विश्व वास्तोला, ने वि संघ अमेरिकाका सभापति प्रभात सापकोटा लगायतका नेताहरुले रक्तदान गर्नु भएको उक्त कार्यक्रममा संयोजक च्यापटर उप सभापति विनोद थापाले जानकारी दिनु भयो ।

च्याटर सभापति विश्वराज वाॅस्तोलाका अनुसार रक्तदान कार्यक्रम मा Newyork state का Assemblyman Michael Montesano,जनसम्पर्क समिति अमेरिका तथा एनआर एन अमेरिका का नेताहरू,न्यूयोर्क स्थित विभिन्न नेपाली संघ संस्थाका प्रतिनिधि एवं पदाधिकारीहरू,व्लड डोनर अर्जुन प्रसाद मैनाली लगाएत विविध सामाजिक व्यक्तित्व तथा स्थानिय नेपाली समुदायको वाक्लो उपस्थिति रहेको थियो ।

नेपाली काॅग्रेसका संस्थापक नेता जननायक विपी कोईराला विक्रम सम्वत २०३३ पौष १६ गते लामो समयको भारत प्रवासपछि राष्ट्रियता खतरामा परेको महसूस गरी स्वदेश फर्केको दिनलाई नेपाली काॅग्रेसले राष्ट्रिय एकता एवं मेल-मिलाप दिवसको रूपमा मनाउॅदै आइरहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -