- ADVERTISEMENT -

अमेरिकाद्वारा शरणार्थीहरूको संख्या नाटकीय रूपमा कटौतीको घोषणा

September 27, 2019
552
Shares
- ADVERTISEMENT -

वासिङ्टन, १० असोज २०७६ । संयुक्त राज्य अमेरिकाले देशभित्र अनुमति दिइने शरणार्थीहरूको संख्या नाटकीय रूपमा कटौतीको घोषणा गरेको छ ।

आगामी वर्षबाट १८ हजार जनालाई मात्र पुनर्स्थापित  गरिने अमेरिकी विदेश मन्त्रालयले जनाइएको छ ।

- ADVERTISEMENT -

Advertisement

हालको तुलनामा उक्त संख्या ४० प्रतिशतले घटेको जनाइएको छ । यस वर्ष अमेरिकामा ३० हजार शरणार्थी रहन सक्ने गरी संख्या तोकिएको थियो ।

अमेरिकाको यो पछिल्लो कदमलाई मानवअधिकारवादी तथा यससँग आबद्ध संस्थाहरुले भने आलोचना गरेका पनि समाचारमा जनाइएको छ ।

शरणार्थी पुनस्र्थापना कार्यक्रम अन्तर्गत यो संख्या सबैभन्दा कम हो । यसै वर्षको संख्या ३० हजार पनि सन् १९८० यताको सबैभन्दा कम हो । पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाले राष्ट्रपति कार्यालय छोडेको अवस्थामा यो संख्या ८५ हजार रहेको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शराणार्थीहरूको पुनर्वास कार्यबाट राज्य सरकार र स्थानीय सरकार पछि हट्न सक्ने एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । उनको त्यस निर्णयपछि यहाँ शरणार्थी संख्या कटौती गर्न थालिएको हो । आजको दिन अमेरिकाको लागि अत्यन्त दुखतः दिन भएको अन्तर्राष्ट्रिय उद्धार कमितिका सिइओ डेभिद मिलिबान्दले बताएका थिए ।

सन् २००१ को सेप्टेम्बरमा भएको हमलापछि सन् २००२ मा शरणार्थीहरूको संख्यामा भारी कटौती गरेर २७ हजार पुर्‍याइएको थियो । शरणार्थीको यस संख्याअन्तर्गत दुःख पाएका धार्मिक अल्पसङ्ख्यकहरूका लागि ५ हजार स्थान सुनिश्चित गरिने सो आदेशमा बताइएको छ ।

त्यसैगरी, ग्वाटेमाला, होन्डुरस र एल साल्भाडोरबाट शरण खोज्दै अमेरिकाको दक्षिणी सिमामा आउनेहरूका लागि पनि एक हजार ५०० कोटा छुट्याइने बताइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -