- ADVERTISEMENT -

अन्नपुर्ण सर्किटको देउराली आसपासमा ४ जना कोरियाली पर्यटक सहित ३ नेपाली सम्पर्क विहीन

January 19, 2020
758
Shares
- ADVERTISEMENT -

काठमाडौं, ५ पौष २०७६ । मौषममा आएको खरावीपछि सगरमाथा आधार शिविर र माछापुच्छ्रे आधार शिविरमा फसेकको उद्धार गरिएको छ ।

त्यहाबाट २०० भन्दा बढी पर्यटक र गाइडहरुलाई उद्धार गरिएको छ । उनीहरुलाई चार वटा हेलिकप्टर प्रयोग गरेर शनिवार उद्धार गरिएको हो ।

- ADVERTISEMENT -

Advertisement

पर्यटन विभागकी निर्देशक निरा आचार्यले वर्षा र हिमपातमा फसेकाहरुको उद्धार गरिएको बताउनु भयो । हालसम्म अन्नपुर्ण सर्किटको देउराली आसपासमा ४ जना कोरियाली पर्यटक सहित ३ नेपाली सम्पर्क विहीन रहेको आचार्यले जानकारी दिनुभयो । सम्पर्क विहीन रहेका नेपालीहरुमा गाइडद्वय सरोज परियार र छिरिङ भोटे र भरिया मिनबहादुर लामा रहेका छन् । उनिहरु शुक्रबारदेखी नै सम्पर्क विहिन भएका छन् ।

मनाङको थोरङ पास गर्न गएका ४ जना चिनियाँ नागरिक पनि हराएका छन् । गत पुस २७ गते थोरङ पास गर्न गएका चिनियाँ पर्यटक हालसम्म पनि सम्पर्कमा नआएको मानाङ निस्याङ गाउँपालिका-९ मा रहेको एक्याप कार्यालयले जानकारी दिएको छ । उनीहरुको खोजीमा मनाङबाट प्रहरी खटिइरहेका छन् ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -