- ADVERTISEMENT -

अनुसन्धानले आईफोनको सबैभन्दा लोकप्रिय फिचर फेसआईडी असुरक्षित

August 11, 2019
650
Shares
- ADVERTISEMENT -

काठमाडौं, २६ साउन २०७६ । आईफोन निर्माता एप्पल आफ्ना प्रयोगकर्ताको गोपनीयताको विषयमा सधैं निकै महत्वपूर्ण नाम हो। तर, एप्पलको विषयमा पछिल्लो समय एक ठूलो सुरक्षा चुनौती देखिएको छ।

एप्पलका लागि यो निकै महत्वपूर्ण समस्या हुनसक्छ। एक अनुसन्धानले आईफोनको सबैभन्दा लोकप्रिय फिचर फेस आईडीलाई झुक्याउन सकिने देखाएको छ।

- ADVERTISEMENT -

Advertisement

टेन्सेन्ट रिसर्चको एक टोलीले ग्लास र टेपको सहयोगमा फेसआईडी खोल्न सकिने बताएको छ। टीमले ब्ल्याक ह्याट सेक्युरेटी कन्फ्रेसमा यो समस्याबारे जानकारी दिएका हुन्। 
अहिले सार्वजनिक भएको यस किसिमको कमजोरी आईफोनले अनलकको क्रममा कसरी डाटा कसरी क्याप्चर गर्छ भन्ने विषयसँग सम्बन्धित थियो। एक अनलाइन वेबसाइटका अनुसार यदि प्रयोगकर्ताले फेसअनलक गर्ने बेलामा चश्मा लगाएको छ भने यसले आँखा र त्यसको नजिकैको ३डी जानकारी लिँदैन। 
यो कमजोरीको सहयोगमा डिभाइस अनलक गर्न अनुसन्धाताले ‘लाइभनेस’ नामक यो फिचर्सलाई बाइपास गरेका हुन्। यो फिचर आईफोनको अगाडिको मान्छेको मुहार सक्कली हो कि नक्कली भन्ने कुरा थाहा पाउन सहज हुनेछ। 

चश्मा र कालो टेपले गर्छ सहयोग 
लाइभनेर फिचर्सले ब्याकग्राउण्ड नोइज, रेस्पोन्स डिस्टार्शन र फोकस ब्लरलाई पनि पहिचान गर्न सक्छ। यसले प्रयोगकर्ताको आँखाको पनि स्क्यान गर्छ। तर, यदि चश्मा लगाएको छ भने यसको आँखा स्क्यान गर्ने प्रक्रिया फेरिन्छ।

यस्तोमा यसै किसिमको कमजोरीलाई आधार बनाउँदै कालो टेपको सहयोगमा एप्पलको फेस आईडी प्रविधिलाई झुक्याउन सकिन्छ।

चश्माको भित्री भागमा कालो टेप लगाएपछि यसलाई सम्बन्धित व्यक्तिलाई लगाइदिएर आईफोन अनलक गर्न सकिन्छ।
झट्ट सुन्दा यो प्रक्रिया अजीवको लाग्छ। तर, यदि प्रयोगकर्ता बेहोस् भयो वा उस थाहा नपाउने अवस्थामा रहेको खण्डमा यस किसिमको चश्माको प्रयोग गरी आईफोन अनलक गर्न सकिन्छ। त्यस्तो अवस्थामा यो निकै हानिकारक हुन जान्छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -