- ADVERTISEMENT -

अघि बढेन बहुस्वामित्व भएका भूकम्पपीडतका नीजि घर निर्माण : ठुलो मारमा परे पीडित

July 30, 2018
1738
Shares
- ADVERTISEMENT -

सञ्चिता घिमिरे

काठमाडौँ, १२ साउन २०७५ । कानूनी रुपमा भिन्न भए पनि संयुक्त पूर्जा भएका र एउटै घरमा बसोबास गर्दै आएका धेरै लाभग्राहीको निजी आवास निर्माण अघि बढ्न सकेको छैन । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले बहु–स्वामित्व पुनःनिर्माण लाभग्राहीका रुपमा थप भएका लाभग्राहीले घर बनाउने फरक–फरक जग्गा नहुँदा घर निर्माण अघि बढाउन नसकेको जिल्ला आयोजना कार्यान्वयन एकाइ, भूकम्प आवास पुनःनिर्माण आयोजनाले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

भूकम्पभन्दा पहिले नै अंशबण्डा भएर छुट्टाछुट्टै भान्सा गरेकालाई फरक लाभग्राही मानेर सम्झौता भएको एकाइमा कार्यरत सूचना तथा प्रविधि विशेषज्ञ राकेश महर्जनले बताउनुभयो । उहाँले भन्नुभयो, “उहाँहरुले पहिलो किस्ता लिए पनि घर निर्माण अघि बढाउन नसक्दा दोस्रो किस्ता लिन पाउनुभएको छैन ।”

भिन्दै भए पनि एउटै घरमै धेरै दाजुभाइ बस्ने ग्रामीण क्षेत्रमा भन्दा पनि नगर क्षेत्रमा बढी छ । एकातिर कम क्षेत्रफलमा घर हुने र अर्कातिर भएको घर धेरैको भाग लाग्ने हुँदा नगरमा घर बनाउन ढिलाइ भइरहेको उहाँले बताउनुभयो । वि.सं २०७२ वैशाखमा भूकम्पलगत्तै धेरै परिवारले भूकम्पको छुट्टाछुट्टै लाभग्राहीका लागि हतारिएर अंशबण्डा गरेका थिए ।

एकाइले भूकम्प पहिले नै अंशबण्डा भएकालाई मात्रै फरक–फरक लाभग्राहीका रुपमा सम्झौता गरेको छ । उहाँ भन्नुहुन्छ, “स्थानीय निकायको सिफारिससँगै हामी आफैँले पनि बुझेर मात्रै सम्झौता गर्ने गर्छौं ।” शुरुमा एउटा घरमा जति जना दाजुभाइ बसे पनि एकजनालाई मात्र लाभग्राही मानेर सम्झौता भएको थियो । एकल घरमा बस्दै आएका दाजुभाइलाई छुट्टाछुट्टै लाभग्राही मानेर सम्झौता गर्ने सरकारको निर्णयपछि उनीहरु लाभग्राहीका रुपमा थपिएको इञ्जिनियर संगीता थापाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘“सरकारले पटक–पटक म्याद थपेकाले पनि केही ढिलासुस्ती गरेको हुनसक्छ ।”

जिल्लाभरको निजी आवास निर्माणको प्रगति विवरण हेर्ने हो भने ग्रामीण क्षेत्रमा भन्दा नगर क्षेत्रमा दोस्रो र तेस्रो किस्ता लिन ढिलाइ छ । बहुस्वामित्वसँगै कम जग्गामा घर हुनु, कामदार अभाव, नक्सा पास सहज नहुनुलगायतका कारण नगर क्षेत्रमा पुनःनिर्माणको काम सुस्त गतिमा अघि बढेको छ । नगरमा निजी आवासको सवलीकरण समेत अघि बढ्न सकेको छैन ।

सवलीकरणमा जम्मा ६६६ जना लाभग्राही रहेकामा एक जनाले पनि निर्माण सम्पन्न गरेर दोस्रो किस्ता लिएका छैनन् । उहाँ भन्नुहुन्छ, “अनुदानसम्झौता हुनासाथ रु ५० हजार लिए पनि काम सकेर दोस्रो किस्ताबापतको अर्को रु ५० हजार लिन लाभग्राही आएका छैनन् ।

ग्रामीण क्षेत्रमा निर्माण सामग्री र कामदार दुवै नगरको तुलनामा सर्वसुलभ पाइने हुँदा घर निर्माणमा प्रगति पाइएको हो । ललितपुर महानगरपालिकामा जम्मा पाँच हजार १७९ रहेकामा जम्मा २९० जनाले मात्रै तेस्रो किस्ताबापतको रकम बुझेका छन् ।

गुनासो फछ्र्योटपछि थपिएका समेत गरेर निजी घर पुनःनिर्माणका लागि जिल्लाभरमा जम्मा लाभग्राही संख्या २७ हजार ७१८ जना छन् । तीमध्ये २३ हजार ८३५ घरधनीसँग अनुदान सम्झौता भएको थियो । अनुदान सम्झौता भएका लाभग्राहीमध्ये ९८ प्रतिशतसँग पहिलो, २८ प्रतिशतसँग दोस्रो र १४ प्रतिशत लाभग्राहीसँग तेस्रो चरणको सम्झौता भएको छ । रासस

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -