- ADVERTISEMENT -

अख्तियारको फन्दामा यसरी परे सहन्यायाधिवक्क्ता

October 10, 2018
1826
Shares
- ADVERTISEMENT -

पोखरा, असोज २४

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दशैंको मुखमा घुस लिँदालिँदै सहन्यायाधिवक्तालाई पक्राउ गरेको छ । आयोगको पोखरास्थित कार्यालयबाट खटिएका कर्मचारीले उच्च सरकारी वकिल कार्यालय पोखराका सहन्यायाधिवक्ता सुरेन्द्रबहादुर थापालाई पाँच लाख रुपैयाँसहित घुस लिँदालिँदै पक्राउ गरिएको हो ।

- ADVERTISEMENT -

Advertisement

आज बिहान पौने ९ बजे उच्च सरकारकी वकिलको कार्यालयमा कपिलवस्तुका रामकुमार टण्डनले पैसा दिँदै गर्दा पक्राउ गरेको हो । सहन्यायाधिवक्ता थापाले टण्डनका छोरा अनुपमलाई ठगीको मुद्दामा नपक्रिने व्यवस्था मिलाउँछु भन्दै पैसा मागेका थिए। जिल्ला अदालतमा चलेको एक ठगी मुद्दा उच्च अदालतवाट अन्तिम गराई उनको पक्षमा फैसला गराइदिने सर्तमा थापाले रकम लिइरहेको अवस्थामा पक्राउ गरिएको अख्तियारका प्रवक्ता रमेश ढकालले बताउनु भयो । उहालाई थप अनुसन्धाननका लागि काठमाडौं ल्याइँएको छ। विशेष अदालतमा उहाथि भ्रष्टाचार मुद्दा चल्नेछ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -