काठमाण्डौँ, कात्तिक १२। राष्ट्रपति विद्यादेवी भण्डारी ४ दिने भ्रमणका लागि कतार प्रस्थान गरेकी छिन्। बिहान साढे ११ बजे उनी कतार प्रस्थान गरेकी हुन्। उनलाई त्रिभुवन विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनालगायतले बिदाइ गरेका थिए।

राष्ट्रपति विदेश भ्रमणमा जाँदा प्रधानमन्त्रीले बिदाइ गर्ने प्रचलन रहे पनि प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालमा भर्ना भएका कारण उनी जान सकेनन्। कतारले राष्ट्रपति भण्डारीलाई पहिलो कार्यकालमै निम्तो दिए पनि युएई भ्रमणको एक वर्षपछि आफ्नो दोस्रो कार्यकालमा बल्ल कतारको भ्रमणमा निस्किएकी हुन्।

राष्ट्रपति भण्डारीले त्यहाँ रहँदा त्यहाँका व्यवसायिक समुदायले आयोजना गर्ने ‘नेपालमा व्यवसाय तथा लगानीको अवसर’ विषयक संयुक्त अन्तर्क्रिया कार्यक्रमलाई मंगलबार नै सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

उनको सम्मानमा कतारका लागि नेपाली राजदूत रमेशप्रसाद कोइरालाले रात्रीभोजको आयोजना गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। उनी १५ गते नेपाल फर्कने छिन्।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्