पोखरा, १९ मङ्सिर २०७५ । लायन्स क्लब अफ पोखरा भृकुटीको आयोजनामा भएको रक्तदान कार्यक्रममा ५४ युनिट रगत संकलन भएको छ ।

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ वि १ का पुर्व गर्भनर धनराज आचार्यले पहिलो रक्तदाता प्रहरी जवान दिलबहादुर शाहीलाई ब्लड व्याग हस्तान्तरण गरी रक्तदान कार्यक्रमको उद्घाटन गरिएको थियो ।

उक्त रक्तदान कार्यक्रममा लायन्स क्लब अफ पोखरा मुनालका अध्यक्ष जितेन्द्रमान शाक्य, नयाँवजार साँस्कृतिक समितिका अध्यक्ष शम्भुलाल श्रेष्ठ, लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डेनका अध्यक्ष कृष्णबहादुर रानाभाटलगाएतले रक्तदानको महत्वबारे भनाई राख्नु भएको थियो ।

२७ औं विश्व अपाङ्गता दिवसको अवसर पारी सोही कार्यक्रममा पृथ्वीनारायण क्याम्पस स्नातक तहमा अध्ययनरत ५ जना दृष्टि विहिन छात्राहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको थियो ।

क्लबका अध्यक्ष खिमा गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा धन्यवाद संस्थापक अध्यक्ष पुष्प कुमारी आचार्यले र स्वागत तथा संचालन सचिव स्वस्तिका लामिछानेले गर्नु भएको थियो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्