१७ वैशाख, काठमाडौं ।
स्पेनिस ला लिगा फुटबलको उपाधि बार्सिलोनाले चार खेल  बाँकि छदै जितेको छ । सोमबार भएको खेलमा डिपोर्टिभो लाकोरुनालाई ४–२ गोल अन्तरले हराउँदै बार्सिलोना ला लिगामा २५ औं पटक च्याम्पियन बनेको हो ।

खेलको सातौं मिनेटमै बार्सिलोनाले कौटिन्होको गोलबाट अग्रता लिएको थियो । ३७ औं मिनेटमा मेस्सीले गोल गर्दै खेललाई २–० को अवस्थामा ल्याए ।

त्यसको तीन मिनेट पनि नबित्दै डोभोर्टिभोका लागि पेरेजले गोल गरेपछि पहिलो हाफ २–१ को अवस्थामा सकियो । दोस्रो हाफ सुरु भएपछि ६४ औं मिनेटमा कोलाकको गोलबाट डोभोर्टिभो बराबरी गर्न सफल भयो ।

तर मेस्सीले ८२ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे । उनी यत्तिमै रोकिएनन् र त्यसको तीन मिनेटपछि अर्थात ८५ औं मिनेटमा पुनः अर्को एक गोल थप्दै ह्याट्रिक पूरा गरे । त्यसपछि दुवैपक्षबाट कुनै पनि गोल हुन सकेन र ४–२ को नतिजासँगै बार्सिलोना २५ औं पटक ला लिगा च्याम्पियन बन्यो ।

सबैभन्दा धेरैपटक ला लिगा च्याम्पियन बनेको रेकर्ड रियल मड्रिडसँग छ । उसले ३३ औं पटक ला लिगाको उपाधि उचालेको छ । एजेन्सी 

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्