गोरखा, १८ असोज २०७५ । बि.स. २०७२ सालमा गएकाे विनाशकारी भुकम्पकाे केन्द्रिवन्दु बारपाक-सुलिकाेट गाउँपालिका-४, साैरपानीका भुकम्प पिडितलार्इ घर पुर्ननिर्माण सम्पन्नताकाे प्रमाणपत्र दिर्इएकाे छ ।

१ हजार ७ सय ३ लाभग्राही रहेको सौरपानीमा बुधबार ७८ घरधुरीलाई सम्पन्नताको प्रमाणपत्र वितरण गरिएको गाउँपालिकाले जनाएकाे छ । ९ सय ५३ घर पुननिर्माण भइसकेकाे भएतापनि ७८ घरपरिवारलार्इ मात्र प्रमाणपत्र दिर्इएकाे हाे ।

प्रमाणपत्र वितरण कार्यक्रममा बोल्नुहुदै गाेरखाका सांसद चुडामणी खड्काले जनताको आवस्यकता अनुसार आफुले काम गर्ने दावी गर्नुभयो । बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष बिष्णु प्रसाद भट्ट, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी समिति सदस्य हरेराम पराजुलीको समते उपस्थिति रहेको थियो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्